इलामलाई संकटग्रस्त घोषणा गर्न पूर्वसांसद सुहाङ नेम्बाङको‌ माग

इलामलाई संकटग्रस्त घोषणा गर्न पूर्वसांसद सुहाङ नेम्बाङको‌ माग


पूर्वसांसद सुहाङ नेम्बाङले इलामलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न तथा सुकिलुम्बामा नियमित हवाई उडान सञ्चालन गर्न माग गर्नुभएको छ ।

नेम्बाङको माग यस्तो छ

अविरल वर्षाका कारण इलाम जिल्लामा व्यापक जनधनको क्षति, सडक अवरुद्ध, विद्युत् आपूर्तिमा अवरोध र जनजीवन पूर्णरूपमा अस्तव्यस्त भएको छ। पहिरो, सडक ध्वस्त र सम्पर्क विच्छेदका कारण राहत तथा उद्धार कार्यमा समेत गम्भीर चुनौती उत्पन्न भएको वर्तमान अवस्थालाई मध्यनजर गर्दै तथा जिल्ला विपद ब्यवस्थापन समितिकाे निर्णय तथा सिफारिस समेतकाे अाधारमा इलाम जिल्लालाई तत्काल “संकटग्रस्त क्षेत्र” घोषणा गर्न सरकारसँग आग्रह गर्दछौं।

साथै, जिल्ला केन्द्र र राजधानीबीचको भौगोलिक कठिनाइ र सडक अवरोधका कारण आवश्यक राहत सामग्री, औषधि र जनसञ्चार अवरुद्ध भइरहेकाले फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट नियमित हवाई उडान सञ्चालन गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page