बन्दिपुरकाे मुकुन्देश्वरी भलिबल प्रतियोगिताकाे उपाधि भानु मावि बन्दिपुरलाइ

बन्दिपुर गाउँपालिका वडा नं २ मुच्चुकमा रहेको मुकुन्देश्वरी युवा क्लब MYC ले पहिलोपटक आयाेजना गरेको भलिबल प्रतियोगिताकाे उपाधि भानु मावि बन्दिपुरले जितेको छ । अण्डर १८ का खेलाडीहरु समाबेस गरेर खेलाइएको खेलमा सहभागी १४ टिमलाई पछि पार्दै भानु माविले उपाधि जितेको हाे ।

दुई दिन सम्म चलेर सम्पन भएको खेलमा दोस्रो स्थान मुकुन्देश्वरी MYC तथा तेस्रो स्थान म्याग्दे ३ धयेरेका खेलाडी भएका छन् । समाजसेवि सुकुम लाल गुरुङ बाट उद्घाटन भएको प्रतियोगितामा बिजयी टिमलाई पहिलो पुरस्कार बन्दिपुर गाउपालिकाका अध्यक्ष सुरेन्द्र ब थापाले प्रदान गरेका थिए भने दोस्रो पुरस्कार इप्रका बन्दिपुरका प्रमुख बाट भएको र तेस्रो पुरस्कार बन्दिपुर गा पा वडा न २ का वडा अध्यक्ष तिलक ब कुवर बाट भएको थियो । यस्तै खेल सन्चालक एव रेफ्रीहरुमा सुर्य कुमार गुरुङ, राम गुरुङ, राजु गुरुङ र प्रदिप गुरुङ रहेका थिए ।


























