नवपसले युवा क्लवकाे सांस्कृतिक कार्यक्रम सम्पन्न
तनहुँको म्याग्दे गाउँपालिका वडा नँ ३ मा रहेको नव पसले युवा क्लवले कात्तिक ३ गते विविध सांस्कृतिक कार्यक्रम गरेकाे छ । दिपावलीकाे अवसर पारेर पाँचौ नव पसले सांस्कृतिक कार्यक्रम भब्य रूपमा सम्पन्न गरेको क्लवले जनाएको छ । क्लवले सांस्कृतिक कार्यक्रमबाट हुने फाइदाबाट सामुदायिक एवम् आधुनिक व्यायामशाला निर्माण गर्ने , पसले आधारभुत विद्यालय भित्र बन्दै गरेको बास्केटबल काेर्ट निर्माणमा सघाउने लगायतका काम गरिने क्लवका सहअध्यक्ष मनाेज कुमार श्रेष्ठले बताए ।

सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारकाे प्रस्तुति तथा नृत्य कार्यक्रम भएको थियो ।


























