६७ औं राष्ट्रिय सहकारी दिवस दमाैलीमा बिविध कार्यक्रम गरि मनाइयो:

६७ औं राष्ट्रिय सहकारी दिवस दमाैलीमा बिविध कार्यक्रम गरि मनाइयो:

६७ औं राष्ट्रिय सहकारी दिवस दमाैलीमा बिविध कार्यक्रम गरि मनाइएको छ । दिवसका अवसरमा मंगलबार दमौलीमा र्याली र अन्तरक्रिया कार्यक्रम आयोजना गरिएकाे थियो । ‘सहकारीमा सुशासन, प्रविधि र एकिकरण’ भन्ने मुल नाराका साथ जिल्ला सहकारी संघको आयोजनामा दमौलीमा ¥याली तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

अनसन चाैतारि बाट सुरु भएको र्यालीमा जिल्ला सहकारी संघका पदाधिकारी तथा सदस्य, व्यास नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधि, विभिन्न विषयगत सहकारी संस्थाका सन्चालक तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

२०१३ साल चैत २० गतेका दिन चितवनको शारदानगरमा नेपालको पहिलो सहकारीका रुपमा बखान ऋण सहकारी स्थापना भएको दिनको सम्झनामा प्रत्येक वर्ष यही दिन राष्ट्रिय सहकारी दिवस मनाउने प्रचलन रहेको जिल्ला सहकारी संघ तनहुँका अध्यक्ष प्रदिप राज अधिकारीले बताए ।

व्यास नगरपालिकाको सहयोग तथा जिल्ला सहकारी संघ तनहुँको आयोजना एवं राष्ट्रिय सहकारी बैंक, सहकारी कर्मचारी क्लव र जिल्ला स्थित विभिन्न विषयगत सहकारी संघ संस्थाको सह आयोजनामा कार्यक्रम भएको संघका अध्यक्ष अधिकारीले जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page