१२ औं आदर्श तथा सातौ तारा स्मृति कप फुटबल आजवाट सुरु

१२ औं आदर्श तथा सातौ तारा स्मृति कप फुटबल आजवाट सुरु

तनहुँको म्याग्दे गाउँपालिका-४ मनहरीस्थित आदर्श नमूना क्लवको आयोजनामा आजवाट १२ औं आदर्श तथा सातौ तारा स्मृति कप सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ ।

मनहरी खेलमैदानमा सुरु भएको प्रतियोगिताकाे कार्यक्रमका प्रमुख अतिथि म्याग्दे गाउँपालिका वडा नं ४ का अध्यक्ष दिपक कुमार श्रेष्ठले उद्घाटन गरे । प्रतियोगिताकाे उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले आदर्श नमुना क्लव म्याग्देकै नमुना क्लव भएको बताए । क्लवले खेलकुद लगायत सामाजिक क्षेत्रमा पुर्याएकाे याेगदान अत्यन्तै महत्त्वपूर्ण रहेको भन्दै श्रेष्ठले गरिब , दिनदुखि , असहाय एवम् शिक्षाको क्षेत्रमा क्लबले राम्रो काम गरेको बताए । क्लबले बनाएको यस खेलमैदानलाई नमुना खेलमैदान बनाउने लक्ष्यका साथ सिङ्गो वडा अगाडि बढेको श्रेष्ठको भनाइ थियो ।

कार्यक्रममा समाजसेवी लक्ष्मण मल्ल , पार्वती प्राविका अध्यक्ष चन्द्रकुमार मल्ल , तनहुँ उद्योग बाणिज्य संघ दमाैली बजार इकाईका सभापति सुकनारायण मल्ल , युवा नेता अनुप राना , मदन श्रेष्ठ लगायतले प्रतियोगिताकाे सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

क्लवका अक्षय कुमार कायस्थकाे अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमकाे खेल संयाेजक शलन थापाले स्वागत र सञ्चालन सुरज चन्दले गरेका थिए ।
साे अवसरमा क्लवका पुर्व अध्यक्ष गाैरब राज रानाले क्लवकाे गतिविधिकाे बारेमा प्रकाश पारेका थिए ।

युवाको कामना, सकारात्मक परिवर्तनमा आदर्श नमुना भन्ने मुल नाराका साथ सुरु भएको फुटबल प्रतियोगितामा प्रथम हुने टिमलाई ७५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण-पत्र तथा द्वितिय हुने टिमलाई ४० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण-पत्र प्रदान गरिने क्लवका अध्यक्ष अक्षय कुमार कायस्थले बताए ।

यस्तै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र डिफेण्डरलाई विशेष पुरस्कारको व्यवस्था गरिएको क्लवले जनाएको छ ।

प्रतियोगिताका लागि सह-आयोजककाे रूपमा म्याग्दे गाँउपालिका वडा नं. ४ रहेको छ ।

क्लवले २०६८ सालदेखि हरेक बर्ष फुटबल खेल प्रतियोगिता गर्दै आएको छ । तनहुँ फुटबलको इतिहासमा १२ बर्ष सम्म अनवरत रूपमा प्रतियोगिता आयोजना गर्ने आदर्श नमुना क्लव मात्रै रहेको क्लवले दाबि गरेको छ । क्लवले निर्माण गरेको खेलमैदान म्याग्देमै उत्कृष्ट समेत रहेको छ ।

प्रतियोगिताकाे उद्घाटन खेल फ्रेन्डसीप युथ क्लव म्याग्दे १ र मदन फेन्सि शुक्लाकाे टिमबीच भएकोमा ३-१ गाेल अन्तरले फ्रेन्डसीप युथ क्लव बिजय भएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page