म्याग्देमा भएको राष्ट्रपति रनिङ शिल्डमा राधा प्रथम , जनगणपती द्धितीय , मीन तृतीय


तनहुँको म्याग्दे गाउँपालिकाकाे आयोजनामा भएको सातौं अन्तरविद्यालय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । म्याग्दे २ काे राधा माध्यमिक विद्यालयको खेलमैदान अम्रेनीमा भएको प्रतियोगिताकाे उपाधि राधा माविले जितेको छ ।

यस्तै रनिङशिल्ड प्रतियोगितामा द्धितीय जनगणपती मावि र तृतीय मीन मावि भएको छ । प्रथम भएको राधाले ११ स्वर्ण , ११ रजत र ४ कास्य जितेको छ । यस्तै द्धितीय भएको जनगणपतीले ८ स्वर्ण , ७ रजत र ९ कास्य जितेको छ भने तृतीय भएको मीनले ५ स्वर्ण , ८ रजत र ९ कास्य जितेको छ । यस्तै प्रतियोगितामा गणेश माविले ३ स्वर्ण , १ रजत , रत्न माविले १ स्वर्ण , मेघदह इङलिस बाेडिङ स्कुलले १ स्वर्ण , २ रजत र ३ कास्य , महेन्द्र माविले २ रजत र ५ कास्य जितेको छ ।

प्रतियोगितामा बिजय टिमलाई म्याग्दे गापा अध्यक्ष श्रीप्रसाद श्रेष्ठ , उपाध्यक्ष बालकृष्ण घिमिरे , प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए ।

























