रास्वपा व्यास १२ काे अधिवेशन सम्पन्न , सभापतिमा हाेमबहादुर बाचे मगर चयन

राष्ट्रिय स्वतन्त्र पार्टी व्यास १२ काे अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सभापतिमा हाेमबहादुर बाचे मगरलाइ सर्वसम्मत चयन गरेको छ। समितिकाे उपसभापतिमा सिर माया कुवर , सचिवमा रविन्द्र राज शर्मा चयन भएका छन् । यस्तै समितिकाे सदस्यहरूमा फुलमाया बाचे मगर , शेर बहादुर क्षेत्री , आश गैर्हे , विश्वास लाैडारी र धनबहादुर बयलकाेटी चयन भएको रास्वपा व्यास नगर सभापति चुडामणि दाहालले बताए ।

कार्यक्रममा पार्टीका उपसभापति डा स्वर्णिम वाग्ले , ईन्जिनियर श्रीराम न्याैपाने , प्रदेश सभापति राजन गाैतम लगायतको उपस्थिति रहेको पार्टीका संगठन विभाग प्रमुख अनिल श्रेष्ठले बताए ।


























