नयाँ वर्षकाे अवसरमा थर्पुमा लाइभ कन्सर्ट हुने:

तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं -४ स्थित थर्पु बजारमा नयाँ वर्षकाे अवसरमा लाइभ कन्सर्ट हुने भएको छ । बिगतका वर्षहरूमा झैं यसपटक पनि थर्पु युवा क्लवद्वारा कन्सर्ट आयाेजना गरिएको थर्पु युवा क्लवले जनाएको छ ।


कन्सर्ट चैत ३० गते साँझ थर्पु बजारमा हुने बताइएको छ । यसैबीच क्लवले नयाँ वर्षको अवसर तथा बैशाख ३ गते राष्ट्रपति रामचन्द्र पाैडेल म्याग्दे आउने कार्यक्रमलाई लक्षित गरि सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।




































