म्याग्दे गाउँपालिका स्तरिय तेस्रो मणि कप फुटबल प्रतियोगिता आजदेखी सुरु

म्याग्दे गाउँपालिका स्तरिय तेस्रो मणि कप फुटबल प्रतियोगिता आजदेखी सुरु

तनहुँकाे म्याग्दे गाउँपालिका स्थित छिम्लिस्वाँरामा रहेको श्री मणि युवा क्लवको २५ औं वार्षिकोत्सवको अवसरमा आयाेजित मणि कप फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । सेभेन ए साइड फुटबल प्रतियोगिताकाे कार्यक्रमका प्रमुख अतिथि म्याग्दे गाउँपालिका वडा नं ४ का अध्यक्ष दिपक कुमार श्रेष्ठले उद्घाटन गरे । मंसिर १७ गतेदेखि २० गतेसम्म हुने प्रतियोगिता उद्घाटनमा कार्यपालिका सदस्य जानकी थापा , बद्रीका भट्टराई , कुमारी राना , नवराज हमाल लगायतले शुभकामना ब्यक्त गरेका थिए ।
क्लवका अध्यक्ष संगम थापाको अध्यक्षतामा भएको कार्यक्रमकाे मन्जिल आलेले सञ्चालन गरेका थिए । प्रतियोगितामा १७ टिमको सहभागीता रहेको छ ।

फुटबल प्रतियोगिताबाट म्याग्दे क्षेत्रमा रहेका खेलाडीको क्षमता पहिचान गरी स्थानिय खेलाडीको मनोबल बढाउँदै फुटबल खेललाई म्याग्दे स्तरबाटै अगाडी बढाउने उद्धेश्यका साथ प्रतियोगिता आयाेजना गरिएको अध्यक्ष थापाले बताए । थोरै धन राशी पुरस्कार रहे पनि स्थानिय खेलाडीलाई आफ्नो खेल कौशल प्रस्तुत गर्ने अवसर पाउने र आपसी समझदारी तथा भाईचारको सम्वन्ध प्रगाढ र एकताको सन्देश दिन फुटबल प्रतियोगिता आयोजना गरिएको क्लवले जनाएको छ ।

तत्कालिन छाङका मुखिया, नेपाली काँग्रेस नेता तथा प्रजातान्त्रिक योद्धा स्वर्गिय श्री मणिराज रानाको नाममा २०५७ सालमा स्थापना भएको क्लवले गतबर्ष पनि फुटबल प्रतियाेगिता आयोजना गरेको थियो । प्रतियोगितामा प्रथम तथा द्धितिय हुने टिमलाई क्रमश ४० हजार र २५ हजार नगद तथा ट्रफी , मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष थापाले बताए । आदर्श तारा मनहरी खेलमैदानमा भएको प्रतियोगितामा आज पहिलो दिन तीन खेल सम्पन्न भएको क्लवका सल्लाहकार गाैरबराज रानाले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page