बन्दिपुरकाे बिकासकाे लागि पुर्व मन्त्री श्रेष्ठ सँग भेटघाट:

बन्दिपुरकाे बिकासकाे लागि पुर्व मन्त्री श्रेष्ठ सँग भेटघाट:


बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा नेतृत्वको टोली बिकास याेजनाकाे माग लिएर काठमाडौं पुगेको छ । बन्दिपुरका विभिन्न विकास योजनामा सघाउन गाउँपालिका अध्यक्ष थापा नेतृत्वको टोलीले विहिबार पुर्व मन्त्री तथा प्रतिनिधि सभाका सांसद कृष्ण कुमार श्रेष्ठ किसान सँग भेटी अनुरोध गरेको गाउँपालिकाले जनाएको छ ।

भेटका अवसरमा अध्यक्ष थापाले बन्दिपुर गाउँपालिकाका खानेपानी, पर्यटन, सडक तथा अन्य भौतिक पुर्वाधारको योजनामा सघाउन अनुरोध गरेकाे र त्यस बारेमा सघाउन पुर्व मन्त्री गम्भीर भएर लाग्ने प्रतिवद्धता जनाएको बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page