राष्ट्रपति पौडेल आज गृह जिल्ला तनहुँ आउनुहुँदै:

तनहुँ, चैत्र २२ गते,

राष्ट्रपति रामचन्द्र पौडेल आज गृह जिल्ला तनहुँ आउनु हुने भएको छ । राष्ट्रपतिले भिमाद नगरपालिका–६ भिमाद बजार स्थित जनज्योति क्याम्पसको १६ औं वार्षिकोत्सव तथा क्याम्पसको प्रशासनिक तथा पुस्ताकालय भवनको उद्घाटन गर्ने कार्यक्रम छ ।



राष्ट्रपति पौडेल चौंथो पटकको गृह जिल्लाको कार्यक्रममा सहभागी हुन लाग्नु भएको हो । यसअघि चैत्र १८ गते तनहुँको देवघाट–५ घिनाटार र चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने त्रिशूली नदीको मोटरेवल पुल उद्घघाटन, पुस २० गते भानु नगरपालिका–७ वसन्तपुर स्थित पूर्कोट शतवार्षिकी, असोज ६ गते सदरमुकाम दमौलीस्थित जिल्ला सभा हलको उद्घाटनका लागि राष्ट्रपति पौडेल तनहुँ आउनु भएको थियो । सङ्घीय सरकार, स्थानीय सरकार, क्याम्पस तथा चन्दा सङ्कलनबाट गरी करीव एक करोडको लागतमा तीन तले भवन निर्माण गरिएको सो भवनको चैत्र २३ गते विहान ११ बजे राष्ट्रपतिले उद्घाटन गर्ने कार्यक्रम रहेको क्याम्पसक प्रमुख केशवराज काफ्लेले गोरखापत्रलाई बताउनुभयो ।
यसैगरी राष्ट्रपति पौडेल वैशाख ३ गते पनि गृह जिल्ला तनहुँ आउनु हुने कार्यक्रममा छ । म्याग्दे गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको उद्घाटन राष्ट्रपति गर्ने कार्यक्रम रहेको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो ।






































