म्याग्दे गाउँपालिकाकाे दाेस्राे आवधिक याेजना तर्जुमा सुरु:


म्याग्दे गाउँपालिकको दोस्रो आवधिक योजना तर्जुमा शुक्रबार देखि सुरु भएको छ ।


आवधिक योजना तर्जुमाको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गरेका थिए । आवधिक योजनामा दीर्घकालिन योजनाका विषयमा छलफल गर्नुका साथै सुझाव संकलन गरिएको थियो ।


आवधिक योजनामा उपाध्यक्ष बालकृष्ण घिमिरे ,प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी लगायतले बोलेका थिए । आवधिक योजना तर्जुमा कार्यक्रममा जनप्रतिनिधि , कर्मचारी र राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।







































