रास्वपाकाे समानुपातिक सुचीमा तनहुँबाट मानकाजी सहित तीनजना
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक गरेको समानुपातिक तर्फको बन्दसूचीमा तनहुँ जिल्लाबाट मानकाजी श्रेष्ठ, डा. रुपक घिमिरे विक र किशोर गन्धर्वको नाम समेटिएको छ।
पार्टीले समानुपातिक प्रतिनिधित्वलाई समावेशी र सन्तुलित बनाउने उद्देश्यसहित बन्दसूची तयार गरेको जनाएको छ। बन्दसूचीमा परेका तीनै जना विभिन्न पेशा र सामाजिक पृष्ठभूमिका व्यक्तित्व हुन्, जसले पार्टीको नीति, सुशासन र परिवर्तनको एजेन्डालाई संसदसम्म पुर्याउने अपेक्षा गरिएको छ।
रास्वपाले युवाको सहभागिता, पेशागत दक्षता र क्षेत्रीय सन्तुलनलाई प्राथमिकतामा राखेर उम्मेदवार छनोट गरिएको दाबी गरेको छ। तनहुँबाट नाम समेटिनुलाई जिल्लाको राजनीतिक प्रतिनिधित्वका हिसाबले महत्वपूर्ण रूपमा हेरिएको छ।

पार्टीका स्थानीय नेताहरूले बन्दसूचीमा तनहुँका व्यक्तिहरू समेटिनु सकारात्मक भएको प्रतिक्रिया दिएका छन्। आगामी निर्वाचनमा रास्वपाले नयाँ राजनीतिक संस्कार र पारदर्शी अभ्यास स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ।


























