आदर्श कप फुटबलकाे क्वाटरफाइनलका खेल सम्पन्न ,भाेलि सेमिफाइनल:

आदर्श कप फुटबलकाे क्वाटरफाइनलका खेल सम्पन्न ,भाेलि सेमिफाइनल:

१२औ आदर्श तथा सातौं तारा स्मृति कप फुटबलकाे
चाैंथाे दिन भएको क्वाटरफाइनलका चारवटा खेलहरू सम्पन्न भएका छन् ।

क्वाटरफाइनल प्रतियोगिताका खेलमा फ्रेन्डसीप युवा क्लवलाइ रूपाज व्युटि केयरले १-० गाेल अन्तरले पराजित गरेको छ । यस्तै रक गार्डेन युथ क्लवलाइ लिभिक निर्माण सेवाले ३-० गाेल अन्तरले , आदर्श नमुना क्लवले अकला गाउँवेशी लाई ३-२ गाेल अन्तरले र नवयुवा क्लवलाइ राङ्गरूङ्ग भिलेज रिसोर्टले ३-२ गाेल अन्तरले पराजित गरेको छ ।


आदर्श र अकला तथा नवयुवा र राङ्गरूङ्ग भिलेज बिचकाे खेल निर्धारित समय सम्म बराबर भए पछि ट्राइवेकरमा गएको थियो।

प्रतियाेगिता अन्तर्गत भाेलि सनिवार सेमिफाइनलका खेल हुने आदर्श नमुना क्लवका अध्यक्ष अक्षय कुमार कायस्थले बताए । सेमिफाइनल अन्तर्रगत रूपाज व्युटि केयर र लिभिक निर्माण सेवा तथा अर्को खेल आदर्श नमुना क्लव र राङ्गरूङ्ग भिलेज बिच हुने अध्यक्ष कायस्थले जानकारी दिए । प्रतियोगितामा फाइनल खेल आइतबार हुनेछ ।

फुटबल प्रतियोगितामा प्रथम हुने टिमले ७५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण-पत्र तथा द्वितिय हुने टिमले ४० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा रेफ्रिकाे रूपमा इन्द्र गुरूङ र सुजन मल्ल रहेका छन्

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page