म्याग्देकाे जनगणपति विद्यालयका विद्यार्थी पढाइ सँगै तरकारी खेतीतर्फ:

म्याग्देकाे जनगणपति विद्यालयका विद्यार्थी पढाइ सँगै तरकारी खेतीतर्फ:

तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं ३ मा रहेको जनगणपति माध्यमिक विद्यालयका विद्यार्थी पढाइ सँगै तरकारी खेती तर्फ आकर्षित भएका छन् ।

प्राविधिक धारका विद्यार्थीलाई प्रयोगात्मक अभ्यासका लागि बिद्यालयले सञ्चालनमा ल्याएको पशु विज्ञान सँगसगै कृषि तर्फ अर्गानिक तरकारी खेतीमा विद्यार्थीहरुकाे सक्रियता बढेको बिद्यालयले जनाएको छ ।

विद्यार्थीलाई पढाईसँगै व्यवहारिक शिक्षामा पनि दक्ष बनाउने उद्देश्यले तरकारी खेती गर्न लगाइएको विद्यालयकाे भनाइ छ । विद्यार्थीले यतिबेला बन्दा , काक्राे, घिराैला, लाैका, करेला लगायतका तरकारी फलाएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page