सभापति गगन थापालाई भेटेर तनहुँका युवा नेता मोहन कुमार श्रेष्ठले दिए शुभकामना
नेपाली कांग्रेसको सभापतिमा युवा नेता गगनकुमार थापा निर्वाचित भएसँगै कांग्रेस राजनीतिमा नयाँ उत्साह र तरंग पैदा भएको छ। यसै सन्दर्भमा तनहुँका कांग्रेस युवा नेता तथा महाधिवेशन प्रतिनिधि मोहन कुमार श्रेष्ठले गगन थापालाई प्रत्यक्ष भेट गरी हार्दिक बधाई तथा ऐतिहासिक शुभकामना व्यक्त गर्नुभएको छ।
शुभकामना सन्देशमा श्रेष्ठले गगन थापाको दूरदर्शी सोच, स्पष्ट विचार र निष्ठावान नेतृत्वले नेपाली कांग्रेसलाई नयाँ उचाइमा पुर्याउने दृढ विश्वास व्यक्त गर्नुभएको छ। उहाँले कांग्रेसलाई थप सशक्त, एकताबद्ध र जनमुखी पार्टी बनाउने अभियानको नेतृत्व गगन थापाले सफलतापूर्वक गर्ने बताउनुभएको छ।
श्रेष्ठले देश, लोकतन्त्र र नेपाली कांग्रेसको उज्यालो भविष्यका लागि गगन थापाको कार्यकाल सफल, प्रेरणादायी र ऐतिहासिक बनोस् भन्ने कामना समेत गर्नुभएको छ।
मोहन कुमार श्रेष्ठ तनहुँको व्यास नगरपालिका–५ का निवर्तमान वडा अध्यक्ष, व्यास नगरपालिकाका प्रवक्ता तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुनुहुन्छ। गगन थापाको राजनीतिक यात्राको सुरुवातदेखि नै काठमाडौंमा रहेर संगठन, व्यवस्थापन र अभियान सञ्चालनमा सक्रिय भूमिका खेल्दै आउनुभएका श्रेष्ठ हाल पनि थापाको निकट सहयोगीका रूपमा परिचित हुनुहुन्छ।

सभापतिमा निर्वाचित भएपछि गगन थापालाई भेटेरै बधाई दिँदै श्रेष्ठले कांग्रेसभित्र नयाँ पुस्ताको नेतृत्व स्थापित भएको बताउनुभएको छ। उहाँको यो सक्रियता र निष्ठाले पार्टीभित्र थप ऊर्जा थपिएको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ।
अन्त्यमा शुभेच्छा व्यक्त गर्दै श्रेष्ठले स्पष्ट सन्देश दिनुभएको छ—
“जय लोकतन्त्र, जय नेपाल।”


























