जिआर इलेक्ट्रोनिक्सका घर्ती दाजुभाइ द्वारा मस्जिदमा युरो गार्ड सहयोग:

व्यास नगरपालिका वडा नं ३ मा व्यवसाय गर्दै आएका दुई युवाले मस्जिदमा युराेगार्ड लगायतका इलेक्ट्रोनिक्स सामान सहयोग गरेका छन् ।


लामो समयदेखि दमौलीकाे सफासडकमा जिआर इलेक्ट्रोनिक्स सप्लायर्सकाे व्यवसाय सञ्चालन गर्दै आएका दाजुभाइ राजेन्द्र घर्ती र गणेश घर्तीले व्यास ४ स्थित मस्जिदमा शुद्ध पानीको आबस्यकतालाई मध्यनजर गर्दै युरो गार्ड सेट सहयोग गरेका हुन् ।


दमौली स्थित नुरि हन्फी जामे मस्जिदमा शुद्ध पानीको आबस्यकतालाई मध्यनजर गर्दै युरो गार्ड सेट सहयोग गरेको सहयोगी युवा राजेन्द्र घर्तीले बताए ।

युरो गार्ड सेट हस्तान्तरण गर्दै घर्ती दाजुभाईले मुस्लिम समुदायको मस्जिदमा धेरै मानिसहरूको सहभागिता रहने र अत्याधिक पानीको प्रयोग हुने हुँदा शुद्ध पानी खुवाउने उद्देश्यको साथ आफूहरुले करिब ३० हजार मुल्य बराबरको इलेक्ट्रोनिक्स सामग्री हस्तान्तरण गरेको बताए। याे हामीले सामाजिक उत्तरदायित्वकाे भावनाले सहयोग गरेका हाैँ अर्का सहयोगी गणेश घर्तीले भने ।

मस्जिदका सदस्य मोहम्मद गफारले घर्ती दाजुभाईको सहयोगले धार्मिक सहिष्णुता र धार्मिक एकता को ज्वलन्त उदाहरण प्रस्तुत भएको बताएका छन् ।
इलेक्ट्रोनिक्स सप्लायर्सका घर्ती दाजुभाइले यस भन्दा अगाडि पनि विभिन्न सङ्घसंस्था तथा क्लबहरूलाई सहयोग गर्दै आइरहेका छन् । सप्लायर्सले युवाहरू लाई खेलकुदकाे क्षेत्रमा जाेड्न पछिल्लो समय विभिन्न ठाउँमा भएका प्रतियोगितामा सहभागीता समेत जनाउने गर्दै आएकाे छ ।






































