ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालयद्वारा तनहुँ उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत सम्मान
दमौली ।
ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालय तनहुँ, दमौलीले तनहुँ उद्योग वाणिज्य संघका हालै नवनिर्वाचित अध्यक्ष इमकुमार मल्लसहित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई स्वागत, सम्मान तथा शुभकामना व्यक्त गरेको छ।
कार्यक्रममा विश्वविद्यालय तनहुँ, दमौलीकी प्रमुख यमुना पुन, ब्रम्हाकुमार शिशिर रेग्मी (महायज्ञ संयोजक) लगायतको उपस्थितिमा नवनिर्वाचित नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिइयो।

उक्त अवसरमा वक्ताहरूले उद्योग, व्यापार र समाज विकासका लागि सकारात्मक सोच, नैतिकता तथा आध्यात्मिक मूल्यको महत्त्वबारे प्रकाश पारेका थिए। साथै उद्योगी–व्यवसायी र सामाजिक संस्थाबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो।
नवनिर्वाचित अध्यक्ष मल्लले स्वागत तथा सम्मानप्रति धन्यवाद ज्ञापन गर्दै संघमार्फत उद्योगी–व्यवसायीको हित संरक्षण तथा तनहुँ जिल्लाको आर्थिक विकासमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।


























