व्यास सहकारी स्थापना दिवसका अवसरमा ट्राफिक सचेतनाका सामग्री सहयोग

व्यास सहकारी स्थापना दिवसका अवसरमा ट्राफिक सचेतनाका सामग्री सहयोग


व्यास बचत तथा ऋण सहकारी व्यास ३ दमाैलीले स्थापना दिवसको अवसरमा ट्राफिक सचेतना सामाग्री सहयोग गरेको छ । बिहीबार एक कार्यक्रमका बिच सहकारीले ट्राफिक नियम पालनकाे नाे पार्किङ बाेर्ड , हेलमेट तथा जिम्मेवार यात्रुका मर्यादित व्यवहार र सावधानीका लागि सचेतनामूलक स्टिकर ट्राफिक प्रहरीलाई सहयोग गरिएको हाे ।

उक्त सामग्रीहरू व्यास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रदीप अधिकारी, उपाध्यक्ष त्रिभुवन श्रेष्ठ लगायतको उपस्थितिमा ट्राफिक इन्स्पेक्टर प्रदीप थापालाई हस्तान्तरण गरिएको हो।
सहकारीको सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने र सर्वसाधारणमा सडक सुरक्षा सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो सहयोग प्रदान गरिएको सहकारीका अध्यक्ष प्रदिप अधिकारीले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page