महेन्द्र मावि गुणादीकाे ४९ अाैं वार्षिकोत्सब सम्पन्न

तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं १ गुणादीमा रहेको महेन्द्र माध्यमिक बिद्यालयकाे ४९ अाैं वार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको छ । मंगलबार सम्पन्न वार्षिकोत्सब कार्यक्रमकाे प्रमुख अतिथि म्याग्दे गाउँ पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गर्दै गाउँपालिकाले शिक्षाको क्षेत्रमा उत्कृष्ट काम गरेको बताए । म्याग्दे गाउँपालिका भित्रका निजी बिद्यालय मा बिद्यार्थी संख्या घट्दै गएको अवस्थामा सामुदायिक बिद्यालयमा बढ्दै गएको मात्रै नभइ नतिजा पनि उत्कृष्ट रहेको हुँदा सामुदायिक बिद्यालयकाे भविस्य उज्ज्वल रहेको अध्यक्ष श्रेष्ठले बताए ।

सामुदायिक बिद्यालयकाे भविस्य उज्ज्वल भएकोले सबै अभिभावकले आफ्ना बाबु नानीलाई सामुदायिक बिद्यालयमा पढाउन तर्फ लाग्नुपर्छ । सामुदायिक बिद्यालयमा पढेका बिद्यार्थी ठुला ठाउँमा पुगेकाे श्रेष्ठले जानकारी दिए । प्राविधिक शिक्षा सरकारकाे नितिका कारण राेकिएकाे भन्दै अध्यक्ष श्रेष्ठले भविस्यमा त्यो जसरी नि आउन पर्छ , आउछ त्यो निश्चित छ उनलेे भने । समृद्ध गाउँपालिका बनाउने अभियानमा गाउँपालिका लागिरहेको हुँदा सबैकाे यसमा साथ र सहयाेग आ वस्यक रहेको उनकाे भनाइ थियो । गाउँपालिकाले ६ वर्ष माथिको सबै नागरिकलाई निशुल्क मृगौला परिक्षण गर्ने भएको हुँदा त्यसबाट लाभ लिन सबैलाई उनले अनुरोध गरे ।

कार्यक्रममा गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआइजि बिकास राज खनालले बिद्यार्थीकाे गहना अनुशासन भएको बताए । शिक्षक ,बिद्यार्थी , अभिभावक सबै आफ्नाे जिम्मेवारी अनुसार अनुशासनमा रहे सिङ्गो समाज अनुशासित हुने खनालकाे भनाइ थियो । कार्यक्रममा म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बिद्यालयमा भाैतिक पुर्वाधारहरू निर्माण भइसकेको अवस्थामा शिक्षाको गुणस्तर तिर ध्यानदिनु पर्ने बताए । सरकारि बिद्यालयमा बिद्यार्थी संख्या उकास्न सबैले मेहेनत गर्नुपर्ने घिमिरेको भनाइ थियो । गाउँपालिकाले साठी चालिसकाे सहयोगमा गाउँपालिका भित्रका चारवटा बिद्यालयलाई स्कुल बस खरिद गरेको उनलेे जानकारी दिए ।

कार्यक्रममा म्याग्दे गाउँपालिका वडा नं १ का अध्यक्ष मणिभद्र वाग्लेले महेन्द्र माविलाई यहाँ सम्म ल्याउन अग्रज व्यक्तित्वहरू र जग्गादाता हरूकाे ठुलो भुमिका तथा याेगदान रहेको बताए । बिद्यालयलाई छुट्टै उन्नत खालको बनाउन शिक्षक हरूले बढी मेहेनत गर्नुपर्ने उनको भनाइ छ । कार्यक्रममा म्याग्दे गाउँपालिकाका निवर्तमान कार्यवाहक अध्यक्ष एवम् निवर्तमान वडा अध्यक्ष शिव शरण वाग्लेले शिक्षा बिनाको समाज अन्धकार हुने बताए । जस्तो शिक्षा लिँदा व्यक्ति , परिवार , समाज , राष्ट्रलाई फाइदा हुन्छ त्यस्तो किसिमको शिक्षा लिनुपर्ने वाग्लेको भनाइ थियो । कार्यक्रममा बिद्यालयका प्रअ साेमबहादुर थापाले बिद्यालयकाे बार्षिक प्रतिवेदन पेश गरेका थिए ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिबल नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा म्याग्दे २ का अध्यक्ष शिवबहादुर रानाभाट , बिद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष बिजय राज खनाल ,जग्गादाता रामबहादुर अाले , बर्च्याङ टाेल बिकासका अध्यक्ष बेलबहादुर थापा, बिद्यालय व्यवस्थापन समितिका पुर्व कार्यवाहक अध्यक्ष दलबहादुर बि क , रामबहादुर नेपाली , श्रीकान्त घिमिरे , उमादेवि भट्टराई तथा बिमला मर्सेनि वाग्ले लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

वार्षिकोत्सब कार्यक्रममा बावुराम खनाल पार्वती खनाल अक्षयकोष , बद्रि सुलाेचना वाग्ले अक्षयकोष , बिरबहादुर विक अक्षयकोष , राधाकृष्ण देवकला अक्षयकोष , काजीमान बिष्णु , विरेन्द्र , थमनारायण मानकुमारि र रबिराज मधुमाया तथा शिक्षक बिद्यार्थी कल्याण काेष एवम् नेत्रहरि अक्षयकोष बाट विद्यार्थीहरूलाइ पुरस्कृत गरिएको थियो । यस्तै पुर्व विद्यार्थी मन्दिरा परियार बाट पाेसाक तथा शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो ।

यस्तै बिद्यालयका सहायक प्रअ श्रीकान्त घिमिरेले जन्मदिनको अवसरमा हरेक वर्ष दुई जना बिद्यार्थीलाई दिँदै आएकाे पाेशाक कार्यक्रमकै अवसरमा वितरण गरेका थिए । उक्त अवसरमा बिद्यार्थीहरूले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page