सुरक्षित आप्रवासन (सामी) कार्यक्रम प्रभावकारी बन्दै गएको सराेकारवालाकाे भनाइ:

बैदेशिक रोजगारीका लागि सुरक्षित आप्रवासन (सामी) कार्यक्रम प्रभावकारी बन्दै गएको शुक्रबार दमौलीमा आयोजित एक कार्यक्रममा सराेकारवाला हरूले बताएका छन् । सुरक्षित आप्रवासन ( सामी ) कार्यक्रम अन्तर्गत पत्रकारको लागि आयोजित बार्षिक अन्तरक्रिया कार्यक्रममा यसको महत्वका बारेमा सराेकारवाला हरूले चर्चा गरेका हुन् ।


अन्तरक्रिया कार्यक्रममा व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले समाजको अभिन्न अंगको रुपमा सामी कार्यक्रम रहेको बताए । बैदेशिक रोजगारी र अध्ययनका लागि जाने व्यक्तिका लागि सुरक्षित तरिकाले जाने व्यवस्था र सचेतना प्रदानमा सामीले महत्वपूर्ण भूमिका खेल्दै आएको न्याैपानेकाे भनाइ थियो । बिदेशमा जाँदा एउटा काममा भनेर जाने तर गइसकेपछि अर्को काममा लाग्नुपर्ने बाध्यता लगायतका समस्यालाई सामीले सहजकर्ताकाे भुमिका खेलि समाधान गराउन तर्फ लाग्दै आएकाे उनलेे बताए ।


स्विस सरकारकाे सहयोगमा बिगत देखि चल्दै आएकाे भए पनि स्विस सरकारले यसलाई अव निरन्तरता नदिने भन्ने सुन्नमा आऐकाे अवस्थामा उसको सहभागीता नभए पनि आन्तरिक व्यवस्थापन गर्दै व्यास नगरपालिकाले कार्यपालिका बैठकबाट कार्यविधि संशोधन गरी सामी कार्यक्रमलाई निरन्तरता दिन योजना बनाएको उनले बताए ।

कार्यक्रममा व्यासका वरिष्ठ प्रशासकीय अधिकृत एवं सामी कार्यक्रमका फोकल पर्सन राजेन्द्र कार्कीले
बैदेशिक रोजगारीमा जान चाहेका,बैदेशिक रोजगारीमा गएका व्यक्ति र रोजगारीमा गएका व्यक्तिका परिवारको सुरक्षाका लागि सामी कार्यक्रम अपरिहार्य रहेको बताए ।
बैदेशिक रोजगारीमा रहेका व्यक्तिका परिवारलाई मृर्गौला संम्बन्धि ,क्यान्सर,मुटु,नसा र मानसिक संम्बन्धि पाँच किसिमका दीर्घ रोग उपचारमा पचास हजारसम्म खर्च दिने व्यवस्था रहेको उनले जानकारी दिए ।

बैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत शैलेन्द्र मिश्रले वैदेशिक राेजगारीकाे समग्र अवस्थाकाे बारेमा प्रकाश पारेका थिए । मीश्रले प्रतिवर्ष करिब ५ लाख भन्दा बढी श्रमशक्ति श्रम बजारमा प्रवेश भएको भन्दै
राेजगारिकाे लागि , भ्रमण तिर्थाटन , परिवार नाता भेटघाट , अध्यन , स्थायी बसाेवास , अस्थायी वसाेबास , तालिम सेमिनार गाेष्ठि , स्वास्थ्य उपचारको लागि जाने गरि १६ लाख भन्दा बढीले नेपाल बाट बिदेश गएको जानकारी दिए ।
गण्डकी प्रदेशमा तनहुँ बाट सबैभन्दा बढी १३९० जना महिलाहरू श्रमस्विकृत लिएर बिदेश गएकाे उनले बताए । मिश्रले श्रम स्वीकृति नलिई अवैधानिक रुपमा बिदेशिने क्रम बढिरहेको समेत बताएका थिए ।
मलेसिया लगायतका खाडी मुलुकमा नेपालीहरुको आकर्षण बढ्दै गएको अवस्थामा पछिल्ला समय युरोपियन देशहरुमा जानेको संख्या पनि उत्तिकै बढ्दै गएको तथ्याङ्कले देखाएको छ । दैनिक दुई हजार पाँच सय जनशक्ति बैदेशिक रोजगारीमा जाने र दैनिक ३ देखि ५ वटा शव नेपाल भित्रिने गरेको उनले बताए ।
सामी कार्यक्रम संयाेजक लुना रानाले न्यून आय भएका र खाडी मुलुकमा गएका श्रमिक लाइ
सुरक्षित , व्यवस्थित र मर्यादित बनाउने उद्धेश्य सामीकाे रहेको बताइन् । सामीले बिदेश जान चाहेका व्यक्तिहरूलाइ सुचना , सीप तथा तालिम निशुल्क रूपमा दिँदै आएकाे छ भन्दै रानाले अलपत्र परेका , बिरामी भएका तथा बेपत्ता भएका लाई सहजीकरण गर्ने गरेको उनले बताइन् । यस्तै बिदेश बाट फर्केका व्यक्तिहरूलाइ बिदेश हुँदाका ज्ञान , सीप , पुँजी लगायतलाई स्वदेशमा कसरी सरल र सहज तरिकाले प्रयाेगमा ल्याउन तथा व्यवहारमा उतार्न सकिन्छ भन्ने बारेमा परामर्श दिने गरेको उनलेे बताइन् । यस्तै
बिदेश बस्नेका परिवारलाई पनि सहजीकरण गर्छौ उनलेे भनिन् ।
तनहुँका दश स्थानीय तहमध्ये आँबुखैरेनी,ऋषिङ र घिरिङमा सामी कार्यक्रम लागू भएको छैन् । सामी कार्यक्रम संचालन नभएका उक्त तीन वटा स्थानीय तहमा पनि सेवा प्रदान गर्दै आएको सामी कार्यक्रम संयोजक रानाले जानकारी दिइन् । बैदेशिक राेजगारिमा जान लागेका , गइसकेका र गएर फर्केका ब्यक्तिहरूलाइ शुरक्षित र व्यवस्थित कसरी गराउन सकिन्छ भन्ने बारेमा सामि ले काम गर्ने गर्दछ ।
ज्ञानको कमिले पाउनुपर्ने सेवा सुविधा पाउन नसकेकालाई , नियम पद्धति नबुझ्दा सेवा लिन नसकेका व्यक्तिहरू लाई सामीले सहयोग गर्ने संयाेजक रानाले प्रस्ट पारिन् ।
नेपालबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जाने को संख्या ७१ लाख नाघिसकेको र हाल दैनिक सरदर २५ सय जना वैदेशिक रोजगारीमा जाने गरेको आर्थिक वर्ष २०७९/ ८० को तथ्याङ्कमा उल्लेख छ।
भएका उद्योगधन्दाहरू बन्द हुनु ,नयाँ उद्योग धन्दा नखोल्नु तथा देशमा गरी खाने वातावरण नभएपछि विदेशीको संख्या अझै बढ्न सक्ने विज्ञहरूको भनाई छ
विसं २०७६ सालदेखि जिल्लाको देवघाट,भानु,बन्दीपुर,व्यास,म्याग्दे,शुक्लागण्डकी र भीमादमा गरी सात पालिकामा सामी कार्यक्रम संचालन हुदै आएको छ । उक्त क्षेत्रका लागि ३९ जना जनशक्ति परिचालन भएका छन् । आगामी बर्षदेखि देशका ७७ जिल्ला र ७५३ वटै स्थानीय तहमा सामी कार्यक्रम लागू गर्न नेपाल सरकार तत्पर रहेको बताइएको छ ।
बैदेशिक रोजगारीको सिलसिलमा पैसा बुझाउँदा एजेन्टले आफु सुरक्षित र प्रमाण जुट्न नसक्ने किसिमले ठगि गर्ने भएकाले समयमै यसतर्फ सचेत बन्नुपर्ने सामी कार्यक्रमकी परामर्शदाता गोमा तिवारीले बताइन् ।
स्वदेशमै राेजगारी गराैं , वैदेशिक राेजगारीमा जाने नैं भए सहि सुचना र सीप सिकेर जाअाैं भन्ने मुल मन्त्रका साथ सामीले कार्यक्रम गर्दै आएकाे छ ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख एवं निमित्त प्रमुख प्रशासकिय अधिकृत केदार राज आचार्य , नेपाल पत्रकार महासंघ तनहुँका उपाध्यक्ष डिपि अधिकारी लगायतले सामीकाे महत्त्वकाे बारेमा बाेलेका थिए ।






































