रेडक्रस भानुभक्त क्याम्पसकाे एकदिने प्राथमिक उपचार तालिम प्रशिक्षण सम्पन्न:
युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा भएको एक दिने प्राथमिक उपचार तालिम प्रशिक्षण कार्यक्रम सनिवार क्याम्पस सभाहलमा सपन्न भएको छ । युवा रेडक्रस सर्कल आदिकविका अध्यक्ष सुमन खड्काकाे अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला सम्मन्वय समितिका संयोजक शान्तिरमण वाग्ले रहेका थिए ।


कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, नेरेसो तनहुँ शाखाका मन्त्री सूर्यचन्द्र हड्खले, क्याम्पस प्रमुख महाप्रसाद हड्खले लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


नेरेसो जिल्ला शाखाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा स्वागत सहायक क्याम्पस प्रमुख सागर पौडेलले र सञ्चालन पुष्प पण्डितले गरेका थिए ।

साे अवसरमा नेरेसो तनहुँ जिल्ला जुनियर युवा समितिका संयोजक बिमल गिरी, नेरेसो तनहुँ सदस्य सुमन थापा, शिक्षक नायक रुपक श्रेष्ठ, स्ववियु सचिव अनुप आले मगर, भगवतीपुर उपशाखाका सभापति मिन ब. कार्की, प्रशिक्षक नवराज भण्डारी, कमला काफ्ले, नेरेसो तनहुँ जिल्ला शाखा अधिकृत इमनाथ भट्ट, क्याम्पसमा दर्ता भएको विभिन्न विद्यार्थी विषयगत तथा समाजिक क्लबका प्रतिनिधि, युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको र्वतमान पदाधिकारी एवं सदस्यहरु लगायतको उपस्थिती रहेको थियो ।

तालिममा सहभागी ३० जनालाई सहभागिताको प्रमाण पत्र वितरण गरिएको थियो ।






































