एसपी टेक कार्कीको नेतृत्वमा तनहुँमा प्रहरी सक्रिय, ब्राउन सुगरसहित एक पक्राउ

एसपी टेक कार्कीको नेतृत्वमा तनहुँमा प्रहरी सक्रिय, ब्राउन सुगरसहित एक पक्राउ


तनहुँ, माघ २१ — तनहुँमा प्रहरी प्रमुख एसपी टेकबहादुर कार्कीको नेतृत्वपछि जिल्लामा प्रहरी सक्रियता बढ्दै गएको छ। सोही सक्रियताको क्रममा पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन्।
अस्थायी प्रहरी पोस्ट मुग्लिन पुलजिप तनहुँबाट खटिएको प्रहरी चेकिङ टोलीले माघ २० गते राति करिब ११:५५ बजे सवारी साधन तथा मानिसहरूको नियमित चेकजाँच गर्ने क्रममा मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको प्रदेश ३–०२–००९ प ३२९१ नम्बरको मोटरसाइकल रोकी जाँच गरेको थियो।
जाँचका क्रममा मोटरसाइकल चालक पर्सा जिल्ला जिरा भवानी गाउँपालिका–५ निवासी ५२ वर्षीय राम करण प्रसादले लगाएको ज्याकेटको अगाडिको दाहिने खल्तीभित्र खाममा पोको पारेर राखिएको ७५० मिलिग्राम लागुऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
लागुऔषधसहित मोटरसाइकल नियन्त्रणमा लिई चालकलाई कानुन बमोजिम पक्राउ गरिएको र हाल इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट थप अनुसन्धान भइरहेको छ।
एसपी टेकबहादुर कार्की तनहुँ प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि लागुऔषध नियन्त्रण, अपराध नियन्त्रण तथा शान्ति सुरक्षा मजबुत बनाउने अभियान तीव्र बनाइएको प्रहरीले जनाएको छ। यसअघि पनि जिल्लाका विभिन्न स्थानबाट लागुऔषधसहित व्यक्तिहरू पक्राउ परिसकेका छन्।


आगामी निर्वाचनलाई मध्यनजर गर्दै जिल्लामा शान्ति सुरक्षा अझ मजबुत बनाइने र गैरकानुनी क्रियाकलापमा संलग्न जोसुकैलाई पनि कारबाही गरिने एसपी कार्कीले स्पष्ट पारेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page