व्यास ५ मा श्रीमानले दाउले हानि गरे श्रीमतीको हत्या:

व्यास ५ मा श्रीमानले दाउले हानि गरे श्रीमतीको हत्या:

फाेटाे , बिरेन्द्र काफ्ले

तनहुँकाे व्यास नगरपालिका वडा नं ५ सांगे सेरा मा आफ्नै श्रीमानले दाउले हानि श्रीमतीको हत्या गरेका छन् । ३५ बर्षका श्रीमान जीतबहादुर कुमालले करिब ३२ बर्षकि श्रीमती सुकमाया कुमाललाई दाउले घाटीमा प्रहार गरि हत्या गरेका हुन् ।

दिउँसो करिब ४.१५ बजे घटना भएको र तनहुँका प्रहरी प्रमुख एसपी अपिल राज बाेहरा घटना स्थलमा गएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा गम्भीर रूपमा अनुसन्धान हुने प्रहरी प्रमुख एसपी बाेहराले बताए । घटनाको कारण बारे अहिले केही खुलिसकेकाे छैन ।हत्यामा संलग्न कुमाल पक्राउ परिसकेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page