आदर्श कप फुटबलकाे फाइनलमा आयाेजक आदर्श र लिभिक निर्माण सेवा !

आदर्श कप फुटबलकाे फाइनलमा आयाेजक आदर्श र लिभिक निर्माण सेवा !

१२औ आदर्श तथा सातौं तारा स्मृति कप फुटबलकाे
फाइनल खेल आइतबार हुने भएको छ । फाइनलमा आयाेजक आदर्श नमुना क्लव र लिभिक निर्माण सेवा बिच प्रतिस्पर्धा हुनेछ ।

सनिवार भएको सेमिफाइनलमा आदर्शले राङ्गरूङ्ग भिलेजलाई र लिभिक निर्माण सेवाले रूपाज व्युटि केयरलाइ पराजित गरि फाइनलकाे यात्रा तय गरेकाे आदर्श नमुना क्लवका अध्यक्ष अक्षय कुमार कायस्थले बताए।

फुटबल प्रतियोगितामा प्रथम हुने टिमले ७५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण-पत्र तथा द्वितिय हुने टिमले ४० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा रेफ्रिकाे रूपमा इन्द्र गुरूङ र सुजन मल्ल रहेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page