आइतबार दमाैलीमा हुने क्षत्री समाज नेपाल केन्द्रीय महाधिवेशनको सम्पुर्ण तयारी पुरा:
आइतबार दमाैलीमा हुने क्षत्री समाज नेपालको केन्द्रीय महाधिवेशनको सम्पुर्ण तयारी पुरा भएको छ ।


महाधिवेशनको आइतबार दमाैली स्थित अनशन चाैतारिकाे खुल्ला मञ्चमा उद्घाटन हुने कार्यक्रम रहेको छ । महाधिवेशनमा भाग लिनका लागि विभिन्न जिल्लाबाट प्रतिनिधिहरू दमौली आउने क्रमजारी रहेको क्षत्री समाज तनहुँका उपाध्यक्ष प्रेमबहादुर रावतले बताए । देशभरि बाट महाधिवेशनमा भाग लिन करिव ३ सय ५० जना प्रतिनिधिहरू आउने उपाध्यक्ष रावतले जानकारी दिए । महाधिवेशनकाे पुर्व सन्ध्यामा क्षेत्री समाज नेपालका केन्द्रीय अध्यक्ष प्राडा दिल बहादुर क्षेत्रीकाे अध्यक्षतामा सनिवार साँझ दमाैली स्थित क्षेत्री समाजको भवनमा बैठक बसेकाे रावतले बताए ।


महाधिवेशन उद्घाटनकाे पूर्वसन्ध्यामा विभिन्न झाँकी सहित दमौली बजार परिक्रमा गर्ने क्षत्री समाज नेपाल तनहुँका अध्यक्ष शम्भुबहादुर अधिकारीले बताए ।त्यस्तै झाँकीका अलावा समाजले आफ्नो कला –संस्कृति र रीतिरिवाज समेत प्रस्तुत गर्ने भएका छन् । उद्घाटन सत्रमा सहभागी हुन ठूलो संख्यामा क्षत्री समुदायहरु दमौली आउने कार्यक्रम रहेको अध्यक्ष अधिकारीले बताए ।

चैत २५ र २६ गते गरि दुई दिन हुने क्षत्री समाज नेपालको चौथो केन्द्रीय महाधिवेशनको बन्द सत्र संचालन भने समाजको आफ्नै भवन गल्बू बेशीमा हुने क्षेत्री समाज व्यास नगरका सभापति शंकर अधिकारीले बताए ।
अधिवेशनकाे लागि करिब २० लाख खर्च अनुमान गरिएको क्षेत्री समाज नेपाल तनहुँकि काेशाध्यक्ष सारदा बस्याैलाले बताइन् । त्यसको लागि सबै क्षत्री समुदायले सहयोग गर्ने र त्यही सहयोग बाट खर्च ब्यवस्थापन गर्ने बस्याैलाले जानकारी दिइन् ।

देशभरका क्षेत्री समुदाय दमाैली आउँदा यहाँका हाेटल भरिभराउ भएका छन् । यस्तै समाजका प्रतिनिधिहरू छाब्दि , मानुङ , तनहुँसुर लगायतका पर्यटकीय स्थानमा घुम्न जाने कार्यक्रम रहेकोले पर्यटन प्रवर्द्धनका लागि पनि सहयोग पुग्ने क्षेत्री समाज नेपाल तनहुँका सचिव हरि कार्कीले बताए ।






































