देवनारायणकाे बिदाइमा शिक्षक शिक्षिका भावविह्वल

महेन्द्र मावि गुणादीका शिक्षक देवनारायण श्रेष्ठ सेवा निवृत्त भएका छन् । ३५ बर्ष लामो शिक्षण पेशाबाट सेवा निवृत्त भइ बिदाइ हुँदै गर्दा उनका आशु राेकिएनन् । जब बिदाइ कार्यक्रममा उनी मञ्च तर्फ अगाडि बढे त्यसपछि उनि भावविह्वल त बनेनैं साथै उपस्थित सबै भावविह्वल भए । उनको त्यो अवस्थाले बिद्यालय प्रतिकाे माया , बिद्यार्थी प्रतिकाे चिन्ता र सहकर्मी साथीहरूकाे सद्भाव प्रस्ट झल्किन्थ्याे । बिद्यालयकाे बार्षिकाेत्सवकाे अवसर पारेर शिक्षक श्रेष्ठ लाई बिद्यालयले सम्मानका साथ बिदाइ गरेको थियो । सम्मान कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उहाँ सबैकाे मनमा बस्न सफल भएकोले नैँ सहभागी सबै भावविह्वल भएको बताए ।

अध्यक्ष श्रेष्ठले सबै भावुक बन्दाकाे अवस्थालाई सम्झँदै भने ” हामीले कमाउने भनेको त्यही हाे , मेरो तर्फबाट र सिङ्गो गाउँपालिकाकाे तर्फबाट देवनारायण श्रेष्ठ सरलाइ उच्च सम्मानका साथ सेवानिवृत जीवन सफलताको शुभकामना व्यक्त गर्दछु । सेवा निवृत्त श्रेष्ठ महेन्द्र माविमा प्रावि इन्चार्ज तथा खेल शिक्षककाे रूपमा कार्यरत थिए । उनको ठाउँमा बिद्यालयमा कल्पना वाग्ले खनाल आएकि छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page