बन्दिपुरमा नेपाली काँग्रेस तनहुँकाे प्रशिक्षण कार्यक्रम सम्पन्न:

बन्दिपुरमा नेपाली काँग्रेस तनहुँकाे प्रशिक्षण कार्यक्रम सम्पन्न:

नेपाली काँग्रेस तनहुँ प्रशिक्षण शाखाकाे संयोजन एवं नेपाली काँग्रेस वन्दिपुर गाउँकार्यसमितिको आयोजनामा एक दिवशीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पर्यटकीय नगरी वन्दिपुरमा भएको प्रशिक्षण कार्यक्रम काँग्रेस तनहुँका सभापति जितप्रकाश आलेको प्रमुख आतिथ्यतामा भएको थियो ।

नेपाली काँग्रेस वन्दिपुर गाउँ कार्यसमितिका सभापति कर्ण बहादुर खत्रीकाे सभापतित्वमा भएको प्रशिक्षण कार्यक्रमलाई संम्वोधन गर्दै प्रमुख अतिथि माननीय जितप्रकाश आलेले पार्टीलाई एकतावद्ध बनाएर लैजानु पर्ने दायित्व समयले वर्तमान नेतृत्वलाई सुम्पिएको बताए ।

प्रमुख अतिथि आलेले पार्टीमा एकता कायम गरी लोकतन्त्रको जग बलियो बनाउन कुनै कसर बाँकी नराखिने बताउँदै सबै साथिहरुलाई यस अभियानमा साथ दिन अनुरोध गरेका थिए । उक्त अवसरमा पार्टीलाई संगठित रुपमा मजबुत बनाई आगामी दिनमा सबैलाई महशुस हुने गरी क्षमता र योगदानको आधारमा मुल्याङ्कन गरिने उनको भनाइ थियो ।

जिल्ला सभापति आलेले सबैले जिम्मेवारी अनुसारको भुमिका इमान्दारीपूर्वक निर्वाह गर्नुपर्ने बताए ।

नेपाली काँग्रेस तनँहुका प्रवक्ता हरिप्रसाद वाग्ले, अधिवक्ता तथा नेपाली काँग्रेस तनँहु क्षेत्र नं २ (२) का सभापति इन्द्र बहादुर आले, जिल्ला प्रशिक्षण शाखाका उपप्रमुख प्रताप गुरुङ द्धारा प्रशिक्षण दिइएको उक्त कार्यक्रमलाई नेपाली काँग्रेसका जिल्ला उपसभापति राजेन्द्र कृष्ण श्रेष्ठ, महासमिति सदस्य रामचन्द्र अधिकारी, महासमिति सदस्य तथा भानु नगरपालिका प्रमुख आनन्दराज त्रिपाठीले प्रशिक्षण कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

आजै अपरान्ह उक्त प्रशिक्षण कार्यक्रमको समापन एवं बृहत अन्र्तकृर्या कार्यक्रममा प्रमुख अतिथिका रुपमा काँग्रेस केन्द्रिय सदस्य गोविन्द भटराइले संम्वोधन गरेका थिए । उक्त अवसरमा बोल्दै नेता भट्टराइले प्रशिक्षणमा सहभागिहरुलाई नेपाली काँग्रेस बृहत अभियानका साथ अगाडि बढिरहेको र यसको गति र बेगलाई अब कसैले रोक्न नसक्ने बताए ।

कुनै लक्ष्य गन्तब्य र उद्धेश्य नभएका दलहरुले नेपाली जनतालाई सदासर्बदा भुलभुलैयामा राख्न नसक्ने बताउदै भट्टराईले सिद्धान्त बिहिन , लक्ष्य बिहिन दलहरु खहरे खोला जस्तै बिलाएर जाने बताए । भट्टराईले राणा, राजा र दश बर्षे सशस्त्र युद्धले बिचलित बनाउन नसकेको नेपाली काँग्रेसलाई समाप्त गर्ने तागत र हैशियत कसैसंग नरहेको बताउदै प्रशिक्षणको मुलभुत उद्धेश्य नेपाली काँग्रेसलाई थप चुस्त दुरुस्त र संगठित बनाउन कारगर शिद्ध हुने बताएका थिए ।

कार्यक्रमको समापनकाे अवसरमा वन्दिपुर गाँउपालिका उपप्रमुख पंन्च माया गुरुङ , नेपाली काँग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ , काँग्रेस तनहुँका सचिवद्धय सहदेव अधिकारी तथा लक्ष्मी भक्त खनाल लगायतकाे उपस्थिति रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page