मन्दिर निर्माणकाे लागि अमेरिकामा भएको महायज्ञमा कार्की परिवार बाट १२ लाख डलर दान:
नेपाली हरूको सांस्कृतिक केन्द्र अर्थात् नेपाली हिन्दू बुद्ध मन्दिर स्थापना गर्ने उद्देश्य ले अमेरिकामा महायज्ञ ( सप्ताह ) भएको छ । बाल्टिमोर शहर मा संचालन भैरहेको आध्यात्मिक महायज्ञ (सप्ताह) मा डा.श्याम कार्की र ईन्दिरा कार्कीले अमेरिकी डलर १२ लाख ५१ हजार मन्दिर निर्माणकाे लागि दान दिने घोषणा गरेका छन् ।


साथै बाल्टिमोर निवासी कृस घिमिरे र श्रीमती हेलेन घिमिरेले अमेरिकी डलर १ लाख ५५ हजार ५ सय ५५ दान समर्पण गरेकाे अमेरिकी महावाणिज्यदूत प्रेमराजा महतले जानकारी दिए । उक्त महायज्ञमा वाचन प्रवीण पंडित दिन बन्धु पोख्रेलले गरेका छन् ।










































