साेमबार बाट दमाैलीमा हुने फुटबल प्रतियोगिताकाे तयारी पूरा , व्यासका मेयरले उद्घाटन गर्ने:

साेमबार बाट दमाैलीमा हुने फुटबल प्रतियोगिताकाे तयारी पूरा , व्यासका मेयरले उद्घाटन गर्ने:

नयाँ वर्ष २०८१ को अवसर पारेर दमाैलीमा साेमबार बाट फुटबल प्रतियोगिता सुरु हुँदैछ । त्यसको लागि सम्पुर्ण तयारी पूरा भएको र प्रतियोगिताकाे व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्याैपानेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । चैत २६ गते सुरु भइ बैशाख १ गते सम्पन्न हुने प्रथम च्याम्पियन्स कप-२०८१ फुटबल प्रतियोगिता विपि खेलमैदानमा हुने क्लवका अध्यक्ष मनाेज गुरूङले बताए । क्लवका युवाहरू खेलकुद मैदान सरसफाइ गर्ने तथा गाेल पाेस्ट निर्माण देखि अन्य सम्पुर्ण काम सकि उद्घाटनकाे तयारीमा रहेको अध्यक्ष गुरूङले जानकारी दिए ।

दमाैली फुटसलकाे आयाेजनामा हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद ५५ हजार ५ सय ५५ ट्रफि, मेडल र प्रमाण-पत्र प्राप्त गर्ने अध्यक्ष गुरूङले बताए । यस्तै प्रतियोगितामा द्वितीय हुनेले रु. ३३ हजार ३ सय ३३ नगद तथा ट्रफि, मेडल र प्रमाण-पत्र प्राप्त गर्ने छन् ।

सेभेन ए साइट प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी लाइ २ हजार नगद र ट्रफी, सर्वाधिक गोलकर्ता लाई २ हजार नगद र ट्रफी तथा उत्कृष्ठ गोलरक्षक २ हजार नगद र – ट्रफी प्रदान गरिने खेल संयाेजक सुदीप गुरूङले बताए । प्रतियोगिताकाे लागि करिब ३० टिमको सहभागीता रहने बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page