आयाेजकलाइ पराजित गर्दै आदर्श कप फुटबलकाे उपाधि लिभिक निर्माण सेवालाइ:

आयाेजकलाइ पराजित गर्दै आदर्श कप फुटबलकाे उपाधि लिभिक निर्माण सेवालाइ:

तनहुँको म्याग्दे गाउँपालिका-४ मनहरीस्थित आदर्श नमूना क्लवको आयोजनामा भएको १२ औं आदर्श तथा सातौ तारा स्मृति कप सेभेन ए साइड फुटबल प्रतियोगिताकाे उपाधि लिभिक निर्माण सेवाले जितेको छ ।


आइतबार मनहरी खेलमैदानमा भएको फाइनल खेलकाे निर्धारित समयमा दुबै पक्षबाट कुनै गाेल हुन नसकेपछि खेल ट्राइव्रेकरमा गएको थियो । जसमा ३-१ गाेल अन्तरले लिभिक निर्माण सेवाले उपाधि जितेको हाे । बिजेता लिभिकले ७५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गरेको छ । यस्तै प्रतियोगितामा द्वितिय हुने आयाेजक आदर्श नमुना क्लवले ४० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गरेको छ ।

यस्तै फाइनल खेलकाे म्यानअफद म्याचमा लिभिकका गाेलरक्षक राेमन थापा , प्रतियोगिताभरमा धेरै गाेल गर्ने अनुज भण्डारी , उत्कृष्ट गाेलरक्षक आदर्श नमुनाका रतन हितान , उत्कृष्ट डिफेन्समा नमुनाका सलिन तामाङ , उत्कृष्ट खेलाडीमा निलजङ तामाङ भएका छन् ।

प्रतियोगितामा बिजयी खेलाडीहरूलाई म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे , म्याग्दे ४ का अध्यक्ष दिपक कुमार श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

फाइनल खेल अगाडि भएको एक कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले नेपाली काङ्ग्रेसका नेता स्वर्गीय ताराराज रानाले यस क्षेत्रमा महत्त्वपूर्ण याेगदान दिएको बताए । युवा खेलाडीकाे कला र क्षमता प्रदर्शन गर्नका लागि आदर्शले महत्त्वपूर्ण छाप राखेको भन्दै श्रेष्ठले फुटबल खेलमैदान बनाउन भुमिका खेल्ने सबैलाई धन्यवाद दिए । राष्ट्रकाे नाम राख्न खेलाडीकाे महत्त्वपूर्ण भुमिका हुने भन्दै श्रेष्ठले खेलाडीमा अनुशासन र नैतिकता हुनुपर्ने बताए ।

कार्यक्रममा म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गाउँपालिकाले खेलकुदकाे क्षेत्रमा पुर्वाधार निर्माणकाे साथै अन्य क्षेत्रमा आवस्यक बजेट सहयोग गर्दै आएकाे बताए । खेलकुदले खेलाडीलाई नैतिकवान , अनुशासित बनाउने घिमिरेको भनाइ थियो । कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका सदस्य डाेलबहादुर सुनारले खेलले मनहरी सँगै म्याग्दे गाउँपालिकालाई चिनाउन महत्त्वपूर्ण भुमिका खेलेको बताए । यस्तै म्याग्दे गाउँपालिका वडा नं ४ का अध्यक्ष दिपक कुमार श्रेष्ठले आदर्श नमुना क्लव म्याग्देकै नमुना क्लव भएको बताए । वडाले खेलकुदकाे क्षेत्रलाई उच्च प्राथमिकता दिएर बजेट बिनियाेजन गर्ने गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
साे अवसरमा क्लवका पुर्व अध्यक्ष गाैरब राज रानाले क्लवकाे गतिविधिकाे बारेमा प्रकाश पारेका थिए ।

क्लवका अध्यक्ष अक्षय कुमार कायस्थकाे अध्यक्षतामा भएको फाइनल कार्यक्रमकाे खेल संयाेजक शलन थापाले स्वागत र सञ्चालन मदन श्रेष्ठले गरेका थिए ।

युवाको कामना, सकारात्मक परिवर्तनमा आदर्श नमुना भन्ने मुल नाराका साथ भएको प्रतियोगिताका लागि सह-आयोजककाे रूपमा म्याग्दे गाँउपालिका वडा नं. ४ रहेको थियो ।

क्लवले २०६८ सालदेखि हरेक बर्ष फुटबल खेल प्रतियोगिता गर्दै आएको छ । तनहुँ फुटबलको इतिहासमा १२ बर्ष सम्म अनवरत रूपमा प्रतियोगिता आयोजना गर्ने आदर्श नमुना क्लव मात्रै रहेको क्लवले दाबि गरेको छ । क्लवले निर्माण गरेको खेलमैदान म्याग्देमै उत्कृष्ट समेत रहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page