बुहारी पाटीलाई हराउँदै मेडम पाटीकाे पाेल्टामा राताेभाले:
मनहरी बुहारी पाटीलाइ हराउँदै पार्वती प्राविका मेडम पार्टीले राताे भाले जितेका छन् । तनहुँको म्याग्दे गाउँपालिका-४ मनहरीस्थित आदर्श नमूना क्लवको आयोजनामा भएको १२ औं आदर्श तथा सातौ तारा स्मृति कप सेभेन ए साइड फुटबल प्रतियोगिताकाे फाइनल खेलका दिनमा उक्त प्रतिस्पर्धा भएको थियो ।


निकै राेमाञ्चक भएको खेलकाे निर्धारित समय सम्म दुबै टिमकाे कुनै गाेल हुन नसकेपछि खेल ट्राइवेकरमा गएकाे थियोे । ट्राइबेकरमा मेडम पार्टीले बुहारी पाटिलाइ पराजित गर्दै छिप्पिएकाे राताे भाले जितेका हुन् । बिजयि टिमलाई म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ , वडा नं ४ का अध्यक्ष दिपक कुमार श्रेष्ठ , क्लवका अध्यक्ष अक्षयकुमार कायस्थ तथा पुर्व अध्यक्ष गाैरब राज रानाले टीका लगाई भाले हस्तान्तरण गरेका थिए ।


क्लबले हरेक वर्ष यस किसिमको फरक अभ्यास गर्दै आएकाे र अहिले त्यसको निरन्तरता स्वरूप याे सहित १३ बर्ष मुनिका बच्चाको समेत प्रतिस्पर्धा गराइएको क्लवका अध्यक्ष अक्षय कुमार कायस्थले बताए ।









































