चैत १० गते दमाैलीमा डाक्टर योगी विकासानन्द आउने

चैत १० गते दमाैलीमा डाक्टर योगी विकासानन्द आउने

आध्यात्मिक जागरण र आन्तरिक शान्तिको सन्देश फैलाउने उद्देश्यले “मनोक्रान्ति ध्यान पदयात्रा २०८२” आयोजना हुने भएको छ। गुरु डा. योगी विकासानन्द को प्रेरणामा सञ्चालन हुने यो पदयात्रा चैत्र ८ देखि १३ गतेसम्म पोखराबाट गोर्खासम्म करिब १२५ किलोमिटर पैदल यात्रा गर्दै सम्पन्न गरिने कार्यक्रम छ।
पदयात्रा बरंग आश्रम बाट सुरु भई लेखनाथ चोक, शुक्लागण्डकी नगरपालिका हुँदै चैत्र १० गते दमौली आइपुग्नेछ। सोही दिन दमौलीस्थित दमौली सभा हल मा विशेष ध्यान, सत्सङ्ग तथा आध्यात्मिक प्रवचन कार्यक्रम आयोजना गरिने आयोजकले जनाएका छन्। कार्यक्रममा गुरु विकासानन्दको विशेष सम्बोधन तथा ध्यान साधना हुने आयाेजक सदस्य रामजी सुवेदीले बताए ।
त्यसपछि पदयात्रा आबुखैरेनी हुँदै अन्तिम दिन गोरखा कालिका मन्दिर पुगेर पूजा, ध्यान र समापन समारोहसहित सम्पन्न हुनेछ।
“संसार परिवर्तन गर्न, आफैबाट सुरु गर। आफ्नो लागि ध्यान, अरूको लागि सेवा” भन्ने मूल सन्देशसहित सञ्चालन हुने यस पदयात्राले समाजमा सकारात्मक सोच, आन्तरिक शान्ति र मानव सेवाको भावना फैलाउने उद्देश्य राखेको आयोजकले बताएका छन्।


आयोजकका अनुसार ध्यान, योग तथा आध्यात्मिक जीवनप्रति रुचि राख्ने सबैलाई कार्यक्रममा सहभागी हुन आग्रह गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page