प्रथम दमाैली च्याम्पियन्स कप फुटबल प्रतियोगिताकाे नगरप्रमुख न्याैपाने द्वारा उद्घाटन:

प्रथम दमाैली च्याम्पियन्स कप फुटबल प्रतियोगिताकाे नगरप्रमुख न्याैपाने द्वारा उद्घाटन:

प्रथम दमाैली च्याम्पियन्स कप सेभेन ए साइट फुटबल प्रतियोगिताकाे व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ नाथ न्याैपानेले उद्घाटन गरेका छन् । स्वर्गीय उमा थापाको स्मृतिमा दमाैली फुटशलकाे आयाेजनामा साेमबार देखि दमाैली विपि बनवाटिकामा सुरु भएको प्रतियोगिताकाे नगरप्रमुख न्याैपानेले उद्घाटन गरेका हुन् ।

प्रतियोगिताकाे उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि न्याैपानेले नगरपालिकाले आफ्नाे क्षमता र बजेटले भ्याएसम्म खेलकुदकाे क्षेत्रमा काम गरिरहेको बताए । तत्कालीन जिल्ला बकास समितिकाे पुर्जा भित्र रहेको जग्गालाई ५ वर्षको लिजमा लिएर खेलकुद मैदानको केही सुधार गर्दागर्दै समय सकिएको र अहिले फेरि अर्को ५ वर्षलाई लिएर कामहरू लाई अगाडि बढाइएको उनले बताए । त्यही सिलसिलामा कभर्डहल तथा बास्केटबल स्थानान्तरण गरेर विपि खेलमैदान लाई इलाभेन ए साइट फुटबल खेलमैदान बनाउन अगाडि बढेको न्याैपानेले जानकारी दिए ।

कार्यक्रममा व्यास २ का वडा सदस्य एवम् दमाैली फुटशलका वरिष्ठ सल्लाहकार सुरेश वाग्लेले युवाहरूको फुटबल खेलप्रतिकाे चाहना यस किसिमका प्रतियोगिताले पूरा गराउने भन्दै पुराना खेलाडी बिस्थापित हुँदै गएकाे अवस्थामा नयाँ खेलाडी उत्पादन गर्न प्रतियोगिताले मद्दत पुग्ने बताए ।
दमाैली फुटशलका अध्यक्ष मनाेज गुरूङकाे अध्यक्षतामा भएको कार्यक्रममा व्यास ४ का अध्यक्ष मनबहादुर गुरूङ ,व्यास ३ का अध्यक्ष अनुप राना , व्यास युथ क्लवका अध्यक्ष मिनबहादुर गुरूङ चरि लगायतको उपस्थिति रहेको थियो । उक्त उद्घाटन कार्यक्रमकाे सञ्चालन सुजन आले मगरले गरेका थिए ।

चैत २६ गते सुरु भइ बैशाख १ गते सम्पन्न हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद ५५ हजार ५ सय ५५ ट्रफि, मेडल र प्रमाण-पत्र प्राप्त गर्ने छन् । यस्तै प्रतियोगितामा द्वितीय हुनेले रु. ३३ हजार ३ सय ३३ नगद तथा ट्रफि, मेडल र प्रमाण-पत्र प्राप्त गर्ने छन् ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी लाइ २ हजार नगद र ट्रफी, सर्वाधिक गोलकर्ता लाई २ हजार नगद र ट्रफी तथा उत्कृष्ठ गोलरक्षक २ हजार नगद र – ट्रफी प्रदान गरिने खेल संयाेजक सुदीप गुरूङले बताए ।

प्रतियोगिताकाे उद्घाटन खेल मर्स्याङ्दि एफसि र फुटशल डि बिच तथा दाेस्राे खेल पाटन युवा क्लव र दिर्वु युवा क्लव हुने अध्यक्ष मनाेज गुरूङले जानकारी दिए । प्रतियोगितामा २५ टिमकाे सहभागीता रहनेछ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page