तनहुँ उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा बिन्दु श्रेष्ठ मनोनित
तनहुँ उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य पदमा बिन्दुलाल श्रेष्ठ मनोनित हुनुभएको छ। संघको मिति २०८२ साल चैत २ गते बसेको दोस्रो कार्यसमिति बैठकले व्यास नगरपालिका–२, दमौली निवासी तथा संघका पूर्व कोषाध्यक्ष श्रेष्ठलाई कार्यसमिति सदस्य पदमा मनोनयन गर्ने निर्णय गरेको हो।
श्रेष्ठ लामो समयदेखि व्यवसाय तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएको एक सफल युवा व्यवसायी तथा समाजसेवीका रूपमा परिचित हुनुहुन्छ। उहाँको मनोनयनले संघको गरिमा अझ उचो बनाउने विश्वास गरिएको छ।

संघका अध्यक्ष ईमकुमार मल्लले श्रेष्ठलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा उहाँको सक्रिय सहभागिता, सहयोग, सल्लाह तथा सुझावले संघको गतिविधिलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभएको छ।


























