तनहुँमा १ किलो गाँजासहित जितबहादुर पक्राउ

तनहुँमा १ किलो गाँजासहित जितबहादुर पक्राउ

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनीटारस्थित पृथ्वी राजमार्गमा प्रहरीले चेकजाँचका क्रममा गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
मिति २०८२ चैत ३ गते साँझ करिब ६ बजे काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बसमा सवार कास्की जिल्ला पोखरा महानगरपालिका–१२ निवासी ५० वर्षीय जितबहादुर दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

चेकिङका क्रममा उनको साथबाट प्लास्टिकको झोलामा लुकाइछिपाइ ल्याइएको ९७५ ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दर्जीलाई इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा राखी थप अनुसन्धान भइरहेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page