अवैध लागु औषध गाँजा सहित आँबुखैरेनी बाट २ जना पक्राउ:
तनहुँकाे आँबुखैरेनी गाउँपालिका वडा नं. २ स्थित पृथ्वी राजमार्ग सडक-खण्डमा खटिएको प्रहरी चेकीङ टोलीले अवैध लागु औषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ ।


गोरखा सिरानचोक गाउँपालिका वडा नं. २ बस्ने वर्ष २४ को बिनोद गुरुङ र जिल्ला काठमाण्डौ बुढानिलकण्ड नगरपालिका वडा नं. ४ बस्ने वर्ष २५ को आशिष थापा पैदल हिडिरहेका बेला शंका लागि चेकजाँच गर्ने क्रममा उनिहरू पक्राउ परेका हुन् । उनिहरुको साथबाट २ के.जी. ५०० ग्राम अवैध लागु औषध गाँजा सहित पक्राउ गरीएकाे र तनहुँ जिल्ला अदालत, तनहुँबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ |











































