महिला उद्यमीलाई माईन्युट लेखन, प्रस्तावना पत्र र प्रतिवेदन लेखन तलिम !

महिला उद्यमीलाई माईन्युट लेखन, प्रस्तावना पत्र र प्रतिवेदन लेखन तलिम !

महिला उद्यमी संघ नेपाल, तनहुँद्धारा आयोजित माईन्युट लेखन, प्रस्तावना पत्र र प्रतिवेदन लेखन तालिम आजबाट दमौलीमा सुरु भएको छ । तालिमको व्यास नगरपालिका वडा नं २ का अध्यक्ष काशीराम श्रेष्ठले उद्घाटन गर्दै महिलाहरु माईन्युट लेखन, प्रस्तावना पत्र र प्रतिवेदन लेखनमा पछि परेकाले यस किसिमको तलिमकाे आयाेजना गरेको बताए । तालिमले महिलाहरूलाई अगाडि बढाउन महत्त्वपूर्ण भुमिका खेल्ने विश्वास लिएको श्रेष्ठको भनाइ थियो ।

महिला उद्यमी संघ नेपाल, तनहुँकी अध्यक्ष निर्मला मल्लले संघले हरेक कार्यक्रम,तालिम, मेला गर्दा थप सिक्ने अवसर मिलेको बताइन् । कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समिति निवर्तमान सभापति सकुन्तला आलेले महिलाहरुलाई संघले तलिमको व्यवस्था गर्दा महिलाहरु एक जुट भएर तलिम लिनुपर्ने बताइन् ।

कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष दिनेश कुमार श्रेष्ठले महिला उद्यमी संघ नेपाल, तनहुँले छोटो समयमा सरहानिय कार्य गरेको बताए । दुई दिन सम्म संञ्चालन हुने तालिममा एनजीओ नेटवर्कका अध्यक्ष प्रताप सिंह गुरुङ्ग प्रशिक्षककाे रूपमा रहनेछन् ।

कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका सभापति सुक नारायण मल्ल , वडा नं २ का वडा सदस्य सुरेश वाग्ले , मादी सेती बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष शुसिला शर्मा ,वडाका प्रतिनिधि लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो । व्यास नगरपालिका वडा नं २को आर्थिक सहयोगमा तालिम आयोजना गरिएको हो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page