पृथ्वीराजमार्गमा प्रहरीले कम्पाउण्ड सार्दा ३१ घर भने सम्पर्कविहीन:

पृथ्वीराजमार्गमा प्रहरीले कम्पाउण्ड सार्दा ३१ घर भने सम्पर्कविहीन:

मुग्लिन–पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँको दमौली बजारका केही घरहरू भत्काउन बिलम्व गर्दा काम नैं प्रभावित भएको छ ।
व्यास नगरपालिकाले निर्णय गरेर पटकपटक भत्काउन अनुरोध गर्दा जिल्ला प्रहरी कार्यालय र अन्य केही घरवालाले भत्काउन थालेपनि अन्यले टेरपुच्छर लगाएका छैनन् । नगरपालिका श्राेतका अनुसार पछिल्लो समय ३१ घर सम्पर्क विहीन भएका छन् ।

नगरपालिकाकाे अनुरोध सँगै व्यास नगरपालिका–२ वडा कार्यालयमा भएको अनौपचारिक छलफलमा स्थानीयले यथाशक्य चाँडो सडक किनारमा पर्ने आफ्ना घर भत्काएर कामलाई तीव्रता दिन सहमति जनाएकाे दुई हप्ता कट्दा पनि त्यो हुन सकेको छैन ।

मुग्लिन–पोखरा सडक विस्तार योजनाले पुर्वी खण्डको अन्य ठाउँमा सडकभित्रका संरचना हटाएर काम भइरहेपनि सदरमुकाम दमौलीका सबै संरचना हटाउन विलम्ब भइरहेको बताएकाे छ । दमौली बजारका ७४ घर भत्काइने र यस मध्ये ४५ जनाले पहिलो किस्ता बापतकाे रकम बुझिसकेकाे भए पनि केहीले घर भत्काउन सुरु गरेकै छैनन् ।

यता व्यास नगरपालिका वडा नं २ का अध्यक्ष काशीराम श्रेष्ठका अनुसार वडा भित्रका १४ घरले पटकपटक पैसा लिन बाेलाउँदा आउँछम भन्दै नआएकाे , ४ घरले पैसा बुझेर पनि नभत्काएकाे र ४ घरकाे मुआव्जा नैं आइनसकेकाे बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page