नो पार्किङमा सवारी पार्किङ गर्नुभएको छ? कारबाहीमा पर्नुहाेला !!

व्यास नगरपालिका तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको सक्रियतामा दमौली बजार क्षेत्रमा अव्यवस्थित पार्किङलाई व्यवस्थित बनाउन अभियान नैं चलाइएको छ ।

ब्यास नगरपालिका अन्तरगत दमाैली बजार क्षेत्रलाई व्यवस्थित, सफा र सुन्दर सहर बनाउन जथाभावी गरिने पार्किङलाई व्यबस्थित गर्न ट्राफिक प्रहरीले अभियान नै चलाएको हाे ।

तोकिएको स्थान बाहेक अन्यत्र सवारी साधन रोकिए कारबाही गरिने जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख एवं प्रहरी नायव निरीक्षक सन्तोष पौडेलले जानकारी दिए ।

नगरबासी, ब्यवसायी तथा विभिन्न स्थानबाट दमौली आउने व्यक्तिहरूले आफ्नो सवारी पार्किङ गर्दा एक पटक पार्किङ स्थान हेरेर मात्रै पार्किङ गर्न ट्राफिक प्रहरीले सबैमा अनुरोध गरेको छ ।

साथै कोहि कसैले नो पार्किङमा सवारी पार्किङ गरेको देखेमा बढी भाडा लिएमा, छतमा यात्रु राखेमा, सिट क्षमता भन्दा बढि यात्रु राखेमा, चालकले ठिक तरिकाले सवारी नचलाएमा, आरक्षण सिटको पालना नगरेमा र अन्य ट्राफिक नियमकाे उलङघन गरेको देखेमा एक जिम्मेवार नागरिकको भुमिका निर्वाह गर्न समेत प्रहरीले आग्रह गरेको छ ।

उक्त कार्य भएको भेटिएमा तत्काल १०३ वा ९८५६०९०७९९ मा सम्पर्क गरी जानकारी गरी दुर्घटना न्यूनिकरण तथा ट्राफिक नियम पालन गराउन आमनागरिकलाई अनुरोध समेत गरेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page