व्यासबाट ६१ एम्पुल लागुऔषधसहित युवक पक्राउ

व्यासबाट ६१ एम्पुल लागुऔषधसहित युवक पक्राउ

दमौली — जिल्ला प्रहरी कार्यालय तनहुँले व्यास नगरपालिका–४ चुरेखोल्सीस्थित भित्री सडक खण्डबाट एक युवकलाई ६१ एम्पुल लागुऔषधसहित नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार वैशाख ७ गते साँझ करिब ७ बजे ग १० प १६१ नम्बरको स्कुटरमा सवार चालकलाई शंकाको आधारमा चेकजाँच गर्दा उनले लगाएको ज्याकेटको खल्तीबाट डाइजेपाम २२ एम्पुल, फेनेरागन १५ एम्पुल, फुटेको अवस्थामा रहेका ७ एम्पुल, बुप्रेनोर्फिन १४ एम्पुल तथा फुटेको ३ एम्पुल गरी जम्मा ६१ एम्पुल बरामद भएको हो।

लागुऔषधसहित नियन्त्रणमा लिइएका ती व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय तनहुँ ल्याई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page