एकीकृत सेवा कार्यालयबाट सबै सेवा एकै स्थानमा, सेवाग्राहीलाई ठूलो सहजता

एकीकृत सेवा कार्यालयबाट सबै सेवा एकै स्थानमा, सेवाग्राहीलाई ठूलो सहजता


दमौली, तनहुँ ।
व्यास नगरपालिका–३, दमौलीमा रहेको एकीकृत सेवा कार्यालयबाट अब सबै सेवा एकै स्थानबाट प्रवाह हुन थालेको छ। यसअघि सोही एकीकृत सेवा कार्यालय सञ्चालनमा रहे पनि सामाजिक विकास कार्यालय भने छुट्टै स्थानबाट सेवा दिँदै आएको थियो।
हाल सामाजिक विकास कार्यालयलाई पनि एकीकृत सेवा कार्यालयमै समायोजन गरी सबै शाखा तथा सेवाहरू एउटै कम्पाउन्ड भित्रबाट सञ्चालनमा ल्याइएको हो। यससँगै सेवाग्राहीले दुई तिरकाे कार्यालय धाएर सेवा लिनुपर्ने पुरानो झन्झट अन्त्य भएको छ।
कार्यालयका अनुसार सामाजिक विकास, पर्यटन तथा उद्योगसम्बन्धी सम्पूर्ण सेवा अब एउटै छानामुनिबाट उपलब्ध हुने भएकाले सेवा प्रवाहमा सहजता, पारदर्शिता र प्रभावकारिता बढेको छ।
प्रशासन अधिकृत गुरूराज घिमिरेका अनुसार पहिले सेवाग्राहीले छुट्टाछुट्टै स्थानमा जानुपर्ने बाध्यता थियो, तर अहिले सबै सेवा एकै ठाउँमा उपलब्ध भएपछि समय र लागत दुवैको बचत भएको छ। साथै कर्मचारीहरूबीच समन्वय पनि सहज बनेको उनले बताए।

स्थानीयवासीहरूले पनि एकीकृत सेवा प्रणालीले सेवा लिन सजिलो भएको प्रतिक्रिया दिएका छन्। यस व्यवस्थाले कार्यालय सञ्चालनलाई व्यवस्थित बनाउनुका साथै सेवा प्रवाहलाई थप प्रभावकारी बनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page