काठमाडौँको डोजर अभियानपछि दमौलीमा चासो, उद्योग वाणिज्य संघको भवन नै समन्वयको जग्गामा

काठमाडौँको डोजर अभियानपछि दमौलीमा चासो, उद्योग वाणिज्य संघको भवन नै समन्वयको जग्गामा


दमौली, तनहुँ — काठमाडौँका सुकुमबासी बस्तीहरूमा सरकारले डोजर चलाएर खाली गराउन थालेपछि त्यसको प्रभाव तनहुँको दमौली क्षेत्रमा पनि देखिएको छ।
काठमाडौँमा संरचना हटाउने अभियान सुरु भएसँगै दमौली र आसपासका भूमिहीन तथा सुकुमबासीहरूमा त्रास फैलिएको छ। “यहाँ पनि कहिले डोजर आउला?” भन्ने चासो र कौतुहलता स्थानीयमा बढ्दै गएको छ।
यसैबीच, जिल्ला समन्वय समिति तनहुँको स्वामित्वमा रहेको जग्गा लामो समयदेखि अतिक्रमणमा रहेको तथ्य सार्वजनिक भएपछि विषय थप चर्चामा आएको छ।
व्यास नगरपालिका–३ स्थित कित्ता नम्बर १६३७ को करिब ४ रोपनीभन्दा बढी जग्गा तनहुँ उद्योग वाणिज्य संघ, नारी शिल्पकला भवन र भिमसेन गुठीले भोगचलन गर्दै आएका छन्। सोही जग्गामा उद्योग वाणिज्य संघले २०५८ सालमै भवन निर्माण गरिसकेको छ भने भिमसेन गुठीले पनि ठूलो भवनसहित कम्पाउण्ड बनाएको छ।
त्यस्तै, नारी शिल्पकला भवन परिसर भने लामो समयदेखि जिल्ला खेलकुद विकास समितिले प्रयोग गर्दै आएको छ।
समन्वय स्रोतका अनुसार जिल्ला समन्वय समितिको करिब १६९ रोपनी ३ आना जग्गामध्ये अधिकांश भाग विगतदेखि नै अनाधिकृत रूपमा प्रयोग हुँदै आएको छ। तत्कालीन जिल्ला विकास समिति हुँदादेखि नै यस्तो अवस्था कायम रहेको बताइन्छ।


देशभर सरकारी जग्गा खाली गराउने अभियान तीव्र बनाइएसँगै केन्द्रीय सरकारको पनि यसतर्फ चासो बढेको छ। यसले दमौली क्षेत्रमा पनि निकट भविष्यमा संरचना हटाउने अभियान चल्ने संकेत देखिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page