पतञ्जलि योग समिति तनहुँको छैठौं साधारण सभा सम्पन्न

पतञ्जलि योग समिति तनहुँको छैठौं साधारण सभा सम्पन्न


तनहुँ, दमौली । पतञ्जलि योग समिति तनहुँ र महिला पतञ्जलि योग समिति तनहुँको छैठौं साधारण सभा तनहुँ उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ ।
कार्यक्रम व्यास नगरपालिका प्रमुख बैकुण्ठनाथ न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा पतञ्जलि योग समिति गण्डकी प्रदेशका संयुक्त प्रभारी दीपक सिग्देल, सहप्रभारी गणेश आचार्य र झम्कनाथ पोख्रेल विशिष्ट अतिथि रहनुभएको थियो ।
त्यस्तै आँबुखैरेनी गाउँपालिका–४ का वडा अध्यक्ष मिलन भुजेल, विभिन्न पालिकाका जनप्रतिनिधि, योग साधक, पदाधिकारी, सल्लाहकार तथा योगप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।


कार्यक्रमको अध्यक्षता पतञ्जलि योग समिति तनहुँका अध्यक्ष डिलबहादुर आलेले गर्नुभएको थियो भने सञ्चालन महासचिव दीपक श्रेष्ठले गर्नुभएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page