व्यास नगरपालिकाले फोहोर व्यवस्थापनका लागि नगरबासीसँग घरमै व्यवस्थापन गर्न आग्रह

व्यास नगरपालिकाले फोहोर व्यवस्थापनका लागि नगरबासीसँग घरमै व्यवस्थापन गर्न आग्रह

तनहुँको व्यास नगरपालिकाले फोहोरमैलाको दिगो व्यवस्थापनका लागि नगरबासीलाई घरमै फोहोर व्यवस्थापन गर्न आग्रह गरेको छ। नगरपालिकाले फोहोर व्यवस्थापनलाई व्यवस्थित र वातावरणमैत्री बनाउन दीर्घकालीन योजना अघि बढाए पनि हालसम्म प्रस्तावित जग्गा खरिदको लागि नेपाल सरकारबाट अनुमति प्राप्त हुन नसकेको जनाएको छ।
नगरपालिकाका अनुसार फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गा खरिद प्रक्रिया अघि बढाइए पनि कानुनी तथा प्रशासनिक स्वीकृति नआएकाले तत्काल ठोस संरचना निर्माण गर्न कठिनाइ भइरहेको छ। यसै कारण अहिले फोहोरलाई अस्थायी रूपमा व्यवस्थापन गरिँदै आएको छ।
नगरपालिकाले नगरवासीलाई घरमै जैविक र अजैविक फोहोर छुट्याएर व्यवस्थापन गर्न आग्रह गरेको छ। विशेषगरी कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन र नकुहिने फोहोरलाई सुरक्षित रूपमा संकलन गर्न अनुरोध गरिएको छ।
फोहोरको मात्रा दिनानुदिन बढ्दै गएको र यदि घरमै व्यवस्थापनमा नागरिकको सक्रिय सहभागिता नभएमा वातावरणीय समस्या झनै जटिल बन्न सक्ने औल्याइएकाे छ ।
नगरपालिकाले आगामी दिनमा फोहोर प्रशोधन केन्द्र स्थापना गर्ने लक्ष्य राखेको छ। त्यसका लागि आवश्यक जग्गा प्राप्त भएपछि आधुनिक प्रविधिमार्फत फोहोर व्यवस्थापन गर्ने योजना अघि बढाइने बताइएको छ।

यसबीच नगरपालिकाले सरसफाइ अभियानलाई पनि तीव्र बनाउँदै जनचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ, जसले फोहोर व्यवस्थापनलाई सामुदायिक रूपमा प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page