सत्यवतीमा ९० प्रतिशत बिद्यार्थी उत्तीर्ण
दमौलीस्थित सत्यवती माध्यमिक विद्यालय मा यस वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल भएको बिद्यालयले जनाएको छ। विद्यालयबाट करिब ९० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ४ जना विद्यार्थीले GPA 4 प्राप्त गरेका छन्।

बिद्यालयका अनुसार प्रथम हुने विद्यार्थीहरूमा विधान सिग्देल, डेभिड दरै, सुयोग श्रेष्ठ र शुभम थापा रहेका छन्। यस्तै स्वीकृत वाग्लेले GPA 3.96 सहित द्वितीय स्थान हासिल गरेका छन् भने साक्षी वाग्ले, आदित्य भट्टराई, सुहाना श्रेष्ठ र सदिक्षा सुनारले GPA 3.95 सहित तृतीय स्थान प्राप्त गरेका छन्।


























