म्याग्दे गाउँपालिकामा स्थानीय उत्पादनको प्रदर्शनी हुने

म्याग्दे गाउँपालिकामा स्थानीय उत्पादनको प्रदर्शनी हुने


तनहुँ, ३१ वैशाख ।
तनहुँको म्याग्दे गाउँपालिकामा कृषक तथा उद्यमीले उत्पादन गरेका स्थानीय वस्तुको बजारीकरण गर्ने उद्देश्यसहित उत्पादन प्रदर्शनी आयोजना गरिने भएको छ । उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश पोखरा, गाउँपालिका तथा बृद्धिमुखी संस्थाको सहकार्यमा प्रदर्शनी आयोजना गर्न लागिएको हो ।
प्रदर्शनीमा स्थानीय स्तरमा उत्पादन भएका तरकारी, फलफूल, लोकल कुखुरा, केराउ, रैथाने जातका सामग्री, बोका–खसी लगायत महिलाले सिपमूलक तालिममार्फत तयार गरेका विभिन्न सामग्री राखिने जनाइएको छ ।
गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख प्रदीप न्यौपानेका अनुसार महिलाले तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतार्दै उत्पादन भएका सामग्रीलाई एउटै छातामुनि प्रदर्शन गरी आम्दानीको स्रोतका रूपमा विकास गर्ने उद्देश्यले स्थानीय उत्पादनकाे प्रदर्शनी राखिएकाे हाे ।


गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत वडा नं. १ मा सिप सिकेका महिलाले उत्पादन गरेका सामग्रीको बिक्री वितरणसँगै सीप प्रदर्शनसमेत गरिने बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page