व्हीलचियरले बदल्यो जीवन : घिरिङका जीवन श्रेष्ठ बने प्रेरणाका स्रोत
तनहुँ जिल्लाको दुर्गम घिरिङ गाउँपालिकाका जीवन श्रेष्ठले Assistive Technology (AT) अन्तर्गतको व्हीलचियरको सहायताले आफ्नो जीवनलाई आत्मनिर्भर र प्रेरणादायी बनाएका छन्।
जीवनका विभिन्न चुनौतीबीच अघि बढिरहेका श्रेष्ठका लागि व्हीलचियर केवल सहायक साधन नभई आत्मविश्वास, स्वतन्त्रता र सपनाको आधार बनेको छ। उनले व्हीलचियरकै सहारामा नयाँ ठाउँहरू पुग्ने, मानिसहरूसँग घुलमिल हुने तथा आफ्ना लक्ष्य पछ्याउने अवसर प्राप्त गरेको बताए।
श्रेष्ठले व्हीलचियर दौड प्रतियोगितामा सहभागी भई पुरस्कारसमेत जित्न सफल भएका छन्। उनले प्राप्त गरेको पदकलाई संघर्ष, मेहनत र कहिल्यै हार नमान्ने साहसको प्रतीकका रूपमा लिएका छन्।
हाल उनी आफ्नै जीवन सहज रूपमा बाँच्नुका साथै अन्य अपाङ्गता भएका व्यक्तिहरूलाई पनि प्रेरणा र हौसला दिँदै सशक्त बनाउने अभियानमा सक्रिय छन्।
“मेरो लागि AT केवल प्रविधि होइन, यो स्वतन्त्रता, सम्मान, आत्मविश्वास र सफलताको आधार हो,” श्रेष्ठले बताएका छन्।

WorldATDay अभियानअन्तर्गत उनले आफ्नो अनुभव सार्वजनिक गर्दै Assistive Technology ले अपाङ्गता भएका व्यक्तिहरूको जीवन परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका छन्।

























