तनहुँमा हावाहुरी चट्याङ सहितको वर्षाले दिउँसै अध्यारो:
तनहुँमा हावाहुरी तथा चट्याङसहितको वर्षा भएको छ। हावाहारीले रुखको हाँगा भाँचिन सक्ने, चट्याङका कारण जनको क्षति हुनसक्ने भन्दै सतर्क रहन विज्ञले सुझाव दिएका छन्।



देशका अन्य ठाउँमा जस्तै आज दिउँसोबाट दमाैलीमा पानी पर्न सुरु भएसँगै केही दिनयता बढिरहेको प्रदुषण न्यूनीकरणमा सहयोग पुग्ने बिश्वास लिइएको छ । पानीका कारण दिउँसो देखि दमाैली बजार र आसपास अध्यारो भएको छ । ‘

यतिबेला हावाहुरी, चट्याङसहितको वर्षा भइरहेकाले सतर्कता अपनाउन विज्ञहरूले सुझाव दिएका छन् ।देशका अधिकांश जिल्लामा लागिरहेको वन डढेलोका कारण वायु प्रदुषण बढेको बेला भएको वर्षाका कारण वायु प्रदुषण न्यूनीकरण हुने अपेक्षा आम सर्वसाधारणले गरेका छन् ।














































