वर्षाका कारण प्रथम दमाैली च्याम्पियन्स कप फुटबलकाे प्रि क्वाटरका खेल प्रभावित:

वर्षाका कारण प्रथम दमाैली च्याम्पियन्स कप फुटबलकाे प्रि क्वाटरका खेल प्रभावित:

प्रथम दमाैली च्याम्पियन्स कप सेभेन ए साइट फुटबल प्रतियोगिताकाे चाैँथाे दिन आज वर्षाका कारण प्रि क्वाटरफाइनलका खेल प्रभावित भएको छ । जसका कारण दुईवटा खेल राेकिन पुगेको छ । आज भएको पहिलो खेलमा दिर्वु र संगम क्लव बिच निर्धारित समयमा १-१ काे बराबरी भए पछि खेल ट्राइवेकरमा गएको थियो । ट्राइबेकरमा ३-१ गाेल अन्तरले दिर्वु युवा क्लव बिजय भएको छ ।

यस्तै दाेस्राे खेल मुनसाइन र नमस्ते देउराली बिच भएको थियो । यी दुबै क्लवकाे पनि निर्धारित समयमा कुनै गाेल हुन नसकेपछि खेल ट्राइवेकरमा गएको थियो । जसमा ६-५ गाेल अन्तरले नमस्ते देउराली बिजय भएको छ ।

यस्तै अर्को न्युस्टार र तनहुँ क्रिस्चियन चर्च बिच भएको खेलमा १-० ले न्यु स्टार बिजय भएको छ । आजै भएको नव बि र दुम्सि बिचको खेलमा १-० ले नव विजयी भएको र आजकाे अन्तिम खेल दमाैली फुटसल र मर्स्याङ्दि बिच भएकोमा १-० ले मर्स्याङ्दि विजयी भएको दमाैली फुटशलका अध्यक्ष मनाेज गुरूङले बताए ।

स्वर्गीय उमा थापाको स्मृतिमा दमाैली फुटशलकाे आयाेजनामा साेमबार देखि दमाैली विपि बनवाटिकामा सुरु भएको प्रतियोगिता बैशाख १ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ५५ हजार ५ सय ५५ ट्रफि, मेडल र प्रमाण-पत्र प्राप्त गर्ने छन् । यस्तै प्रतियोगितामा द्वितीय हुनेले रु. ३३ हजार ३ सय ३३ नगद तथा ट्रफि, मेडल र प्रमाण-पत्र प्राप्त गर्ने छन् ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी लाइ २ हजार नगद र ट्रफी, सर्वाधिक गोलकर्ता लाई २ हजार नगद र ट्रफी तथा उत्कृष्ठ गोलरक्षक २ हजार नगद र – ट्रफी प्रदान गरिने खेल संयाेजक सुदीप गुरूङले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page